चर्चामा

कर्मयोगी समाजसेवी स्व.गणेशमान सैजुको ९१ औं जन्मजयन्तीको अवसरमा बिभिन्न ब्यक्ति सम्मानित

कर्मयोगी समाजसेवी स्व.गणेशमान सैजुको ९१ औं जन्मजयन्तीको अवसरमा बिभिन्न ब्यक्ति सम्मानित
0 0
Read Time:2 Minute, 37 Second

बुटवल । कर्मयोगी वरिष्ठ समाजसेवी गणेशमान सैजुको ९१ औं जन्मजयन्तीको अवसरमा विश्व हिन्दु महासंघ रूपन्देही, कर्मयोगी वरिष्ठ समाजसेवी गणेशमान–कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान (ट्रष्ट) ले बिभिन्न क्षेत्रमा गोगदान दिने ब्यक्तिहरुलाई सम्मान गरेको छ ।

Advertisement

सम्मानित हुनेमा सांगीतिक क्षेत्रका सुरेश सेन्चुरी, रक्तदाता अभियन्ता कृष्ण चौहान क्षेत्री, पर्यटन पत्रकार महेन्द्र थापा,समाजसेवी ध्रुवराज काफ्ले लगायत रहेका छन् ।

कार्यक्रममा विश्व हिन्दु महासंघका लुम्बिनी प्रदेश अध्यक्ष बेनबहादुर पौडेल क्षेत्रीले धर्मपालको उपाधी प्राप्त स्वर्गिय गणेशमान सैजु धर्मको माध्यमबाट समाज परिवर्तन गर्ने अभियन्ता भएको बताए ।

समाज परिवर्तनमा कर्मयोगी समाजसेवी गणेशमान सैजुले पुर्याएको योगदानको जति चर्चा गरे पनि नसकिने भन्दै उनले बाबुले अगाडी बढाएको कार्यलाई छोराहरुले निरन्तरता दिएकोमा खुसी ब्यक्त गरे ।

विश्व हिन्दु महासंघ रूपन्देहीका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका सदस्य तथा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्वल प्रसाद कसजु,बुटवल उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेल, सम्मानित संगितकार सुरेश सेन्चुरी, रक्तदाता अभियन्ता कृष्ण चौहान क्षेत्री, पर्यटन पत्रकार महेन्द्र थापा,समाजसेवी ध्रुवराज काफ्ले, कर्मयोगी वरिष्ठ समाजसेवी गणेशमान–कृष्णप्यारी सैजु स्मृति प्रतिष्ठान (ट्रष्ट) का संरक्षक अनुपमान सैजु,विश्व हिन्दु महासंघ बुटवल नगर अध्यक्ष छत्रमान श्रेष्ठ लगायतले स्वर्गिय गणेशमानले समाजसेवामा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %