बढे आँखा पाक्ने रोगी,तौलिहवा आँखा अस्पतालमा दैनिम ३ सय बढी बिरामी
![बढे आँखा पाक्ने रोगी,तौलिहवा आँखा अस्पतालमा दैनिम ३ सय बढी बिरामी बढे आँखा पाक्ने रोगी,तौलिहवा आँखा अस्पतालमा दैनिम ३ सय बढी बिरामी](https://satyadeepsandesh.com/wp-content/uploads/2023/08/received_2466365926878516.jpeg)
कपिलवस्तु । कपिलवस्तु सहित देशभर आँखा पाक्ने रोग फैलिएको छ । रोग फैलिएकोसँगै बिरामीको सख्या पनि बढेको छ ।
कन्जनटिभाइटिस भाइरसबाट लाग्ने सरुवा रोगको तौलिहवा आँखा अस्पतालमा दैनिक ५० देखि ७० जना आँखा पाक्ने बिरामी आउने गरेको छन् अहिले सम्म ३०० जना भन्दा बढी यो रोगको सङक्रमित भएको तौलिहवा आँखा अस्पतालका सहायक डाक्टर गीता आचार्यले बताईन। उनले भनिन,’ यो रोग बच्चादेखि बुढालाई सबैलाई भईरहेको छ । ‘
बिहानै देखि आँखा पाक्ने हैरान भएको १६ बर्षिय आकाश पौडेलले बताए उपचार गर्नैका लागि तौलिहवा आँखा अस्पतालमा आएको बताए । शिक्षक पनि आँखा पाकेर हैरान भएको उपचार गराउनको लागि तौलिहवा अस्पतालमा आएको बताइन ।
रोगका कारण आँखा पाकेर बढी मात्रामा केटाकटीहरु अस्पतालमा आउने गरेका छन् । रोगको लक्षणका रूपमा आँखा रातो हुने चिलाउने , आँखाबाट रगत मिसिएको आँसु आउने , ज्वरो आउने , घाँटी दुख्ने समस्या देखिएको तौलिहवा आँखा अस्पताले जनाएको छ।
सङ्क्रमणबाट जोगिनका लागि सङ्क्रमित ब्यक्तिको नजिक नबस्ने , भिडभाडमा नजाने , बिरामीले प्रयोग गरेको औषधि , रुमाल , फोन , सिरान तथा ओछ्यान प्रयोग गर्नै हुँदैन त्यस्तै ओषधि प्रयोग गरिसकेपछि हात हुने , आँखा नहुने तथा चस्माको प्रयोग गुर्न पर्दछ।
लेखकको सम्वन्धमा