ईनरव्हिल क्लब अफ बुटवलको अध्यक्षमा सानु श्रेष्ठ
बुटवल । ईनरव्हिल क्लब अफ बुटवलको वर्ष २३/२४ को अध्यक्षमा सानु श्रेष्ठ चयन भएकी छन्। बुटवलमा भएको २१ औ पदस्थापनमा श्रेष्ठले अध्यक्षको रूपमा पदभार ग्रहण गरेकी हुन। उनलाई वर्ष २२/२३का अध्यक्ष यमुना श्रेष्ठले पद हस्तान्तरण गरेकी हुन।
वर्ष २३/२४ का लागि आइपिपि यमुना श्रेष्ठ, फस्ट भिपिमा सम्झना ज्ञवाली, सेकेन्ड भिपिमा बुलबुल श्रेष्ठ, सचिवमा सोनाली गुरुङ, कोषाध्यक्षमा गङा श्रेष्ठ, आइएसओ अनिता श्रेष्ठ, ईडिटरमा गीता थापा चयन भएका छन्।
यस्तै सह सचिवमा विश्व श्रेष्ठ, सह कोषाध्यक्षमा मिथिला श्रेष्ठ तथा एक्जुकेटिभ मेम्बरहरूमा लुना श्रेष्ठ, सीता ध्वजु, निर्मला श्रेष्ठ, अम्बिका लम्साल चयन भएका छन् ।
यस्तै सल्लाहकारहरूमा राधिका गुरुङ, मञ्जु श्रेष्ठ, शोभा जोशी र सुमन श्रेष्ठ चयन भएका छन्।
नवनियुक्त अध्यक्ष सानु श्रेष्ठले क्लबले गर्दै आएका कार्यलाई निरन्तरता दिँदै सामाजिक उत्तरदायित्वका कामहरू गर्दै जाने बताइन। उनले वृक्षारोपण देखि छात्रवृत्ति सम्मका कार्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन।
कार्यक्रममा कार्यक्रममा डिस्ट्रिक्ट ३५० नेपालका डिस्ट्रिक्ट चेयरमेन टुना थापाले ईनरव्हिल क्लब अफ बुटवलले निरन्तर राम्रा उदाहरणीय काम गर्दै आएको बताउँदै यसलाई निरन्तर दिन आग्रह गरिन।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दान बहादुर थापा र रोटरी डिस्ट्रिक्ट ३२९२ का ईन्ट्र्याक्ट कमिटी चेयर पर्सन सुरज खनालले क्लबसँग हरेक कार्यमा सहकार्य गर्न तयार रहेको बताए।
कार्यक्रममा ईनरव्हिलका डेपुटी नेसनल रिप्रीजेटिभ समिरा ध्वजु,ईनरव्हिल क्लब अफ बुटवलका पूर्व अध्यक्ष सञ्जिला कसजु,मिरा ओझा लगायतले बोलेका थिए।
यो पनि पढ्नुहोस
ईनरव्हिल मिडटाउन बुटवलको अध्यक्षमा देवी न्यौपाने
लेखकको सम्वन्धमा