कर तथा भन्सार नीति विषयक अन्तरक्रिया कार्यक्रम

कर तथा भन्सार नीति विषयक अन्तरक्रिया कार्यक्रम
0 0
Read Time:3 Minute, 5 Second

बुटवल।रुपन्देही व्यपार संघको आयोजनामा बुटवलमा एक दिने कर तथा भन्सार नीति विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सरकारले वजेटमार्फत आर्थिक बर्ष २०८०÷८१ कालागि ल्याएको कर तथा भन्सार नीतिका बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा सरकारले भन्सार र करमा लिएको नया नीति र त्यसले व्यवसाय सञ्चालनका क्रममा देखिएको अन्यौलका बारेमा विषय विज्ञहरुसंग अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान कार्यालय, भन्सार कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले सरकारले लिएको नीतिका बारेमा जानकारी गराउदै त्यसको कार्यान्वय प्रक्रियाका बारेमा प्रकाश पार्नु भएको थियो ।
त्यस अवसरमा बोल्दै वेलहिया भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले राज्यले खडा गरेका राजश्वसंग सम्बन्धित कार्यालयहरु व्यवसायी सरकारवीचको सहजीकरण गर्ने थलो भएका कारण त्यसले अगाडी सारेका नीतिहरुलाई पालना गराउने दाहित्व रहेको बताउनु भयो । उहाले भन्सार कार्यालयले अवैद्य व्यापारलाई निरुत्साहित गर्ने राज्यलाई आर्थिक रुपमा सवल बनाउन लाग्ने हुदा त्यसले तय गरेका नीतिहरुको सबैले पालना गर्न आग्रह गर्नु भयो ।
प्रमुख भन्सार अधिकृत पौडेलल औचित्य पुष्ठि नहुने र उद्योगी व्यवसायीहरुलाई दुःख दिने नीति नभएको बताउदै कुनै समस्याहरु भएमा सहजिकरणका लागि कार्यालय सधै लागि पर्ने प्रतिवद्धता जनाउनु भयो ।
संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारीको स्वागत तथा महासचिव दयानीधि भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा राजश्व अनुसन्धान कार्यालय, बुटवलका दिपेन्द्र श्रेष्ठले भिसिटिएसका बारेमा, आन्तरिक राजश्व कार्यलय, बुटवलका कमल सुवेदीले भ्याट र वजेटमा गरिएको करको व्यवस्थाका बारेमा प्रस्तुती राख्नु भएको थियो ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवाली, पूर्व अध्यक्षहरु मेतप्रिसाद पाण्डे, पदमप्रसाद श्रेष्ठ लगायत बोल्नु भएको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement