धनबर्षा सहकारीको स्थापना दिवसमा विभिन्न कार्यक्रम
बुटवल । धनबर्षा बचत तथा ऋण सहकारी संस्था बुटवलले आफ्नो १३ औ.स्थापना दिवसका अवसरमा बिभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष नारायण ज्ञवालीको अध्यक्षतामा सम्पन्न शुभकामना आदान प्रदान तथा डष्टबीन हस्तान्त्रण कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष भोजबहादुर बुढाथोकिले बाहिरबाट आयातित सहकारीका कारण बेथिति बढेकाले सजक भएर अगाढी बढ्न आवश्यक रहेको बताए । उनले आर्थिक सम्बृद्धिका क्षेत्रमा अब नयाँ बाटो पहिचान गरेर नयाँ तरिकाबाट जान आवश्यक रहेको चर्चा गरे ।
ब्यवस्थापक रचना पन्तले स्थापना दिवसका अवसरमा बुटवल अटोइन्जिनीएरिङ एसोसिएसनलाई १० वटा डस्विन हस्तान्त्तरण गर्नुका साथै हाजिरी जवाफ प्रतियोगिता लगाएतका कार्यक्रम आयाेजना गरेको जानकारी दिइन् ।
बुटवल अटो इन्जिनियरिङ एसोसिएनका अध्यक्ष तुल्सी राम न्यौपाने, नेपाल अटो मेकानिक्स ब्यवसायी महासंघका अध्यक्ष जनार्दन गैरे , उपाध्यक्ष राधाकृष्ण देउला, अटोइन्जिनीएरीङ एसोसिएसनका पूर्व अध्यक्ष प्रेम फौजदार, ज्योति भण्डारी, बाबुलाल पाण्डे, दिनेस पाण्डे, सञ्चारकर्मी दामोदर खनाल , सल्लाहाकार नवराज पौडेल, सचिव रमेश गुरुङ लगाएतले बोल्दै सहकारीमा बेथिती बढेकाले सजक हुदै सहकारीलाई कृषि उत्पादन संग जोड्न आवश्यक रहेको चर्चा गरेका थिए ।
लेखकको सम्वन्धमा