निशुल्क आँखा शिविरमा करिब ७ सयले लिए सेवा
बुटवल । लियो कल्ब अफ कंचनको आयोजाना तथा कन्चन गाउपालिका वडा नम्बर २ र लायन्स कल्ब हरैयाको सह-आयोजनामा नि:शुल्क आखा शिबिर तथा औषधि बितरण मङगलवार सम्मपन्न गरेको छ। लियो कल्ब अफ कञ्चनका अध्यक्ष सन्तोष कंडेलको अध्यक्षता र गाउँपालिका अध्यक्ष नवराज ढकालको प्रमुख आतिथ्यतामा निशुल्क आँखा शिविर तथा औषधी वितरण कार्यक्रम सम्मपन्न गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले नेपालमा मनसुन सुरु भए देखी कैयौं प्रकारका रोगहरु मध्य यसैमा आखा पाक्ने रोग आइ फ्लु अहिले महामारिको रुपमा फैलियकोले सबैलाई सचेत, सजग र सतर्क रहन आग्रह गर्दै लियो कल्ब, आयोजन र प्राविधिक टोलिलाइ बिशेष धन्यवाद ज्ञापन गर्नु भयो। स्थानिय सरकारको काममा इटा थप्ने काम भएको बताउनु भयो। यसको असर रुपन्देही लगायत देशको अधिकाशं ठाउँहरुमा देखा परेकोले हामि सबै सचेत हुन पर्ने उहाँको भनाइ रहेको थियो। उक्त शिविरमा विद्यार्थी र वडा वासिहरुको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा वडा अध्यक्ष टेक बहादुर गुरुङ, कन्चन गाउँ पालिकाका प्रबक्ता चित्र तुलाचन, लियो क्लबका सस्थापक प्रदिप गिरि, मोहन सुनार,राम बहादुर थापा, गिता राम रिजाल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सन्चालन लियो कल्बका सचिब गोबिन्द आचार्य र स्वागत गणेश आचार्यले गर्नु भयो थियो। निशुल्क आखा शिबिरमा छ सय ८० जनाले आखा परिक्षण गरायका छन।
लेखकको सम्वन्धमा