चर्चामा

विद्यालय शिक्षा सम्बन्धी विधेयकमा सरोकारवालाका सुझाव नसमेटिएको भन्दै ध्यानाकर्षण 

विद्यालय शिक्षा सम्बन्धी विधेयकमा सरोकारवालाका सुझाव नसमेटिएको भन्दै ध्यानाकर्षण 
0 0
Read Time:1 Minute, 36 Second

अर्घाखाँची । प्याब्सन अर्घाखाँची तथा नेपाल प्याब्सन अर्घाखाँचीको संयुक्त टोलीद्वारा प्रमुख जिल्ला अधिकारी तथा शिक्षा इकाई प्रमुख लाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका तत्कालीन सचिव मुकुन्द सुबेदीद्वारा हस्ताक्षरित विद्यमान शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्नका लागी तयार गरिएको विद्यालय शिक्षा सम्बन्धी कानुन लाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०  सरोकारवालाका सुझाव लाई बेवास्ता गरी तयार गरिएको भन्दै ध्यानाकर्षण गराइएको हो।
प्याब्सन अर्घाखाँचीका अध्यक्ष कमल बेल्बासे तथा नेपाल प्याब्सन अर्घाखाँचीका अध्यक्ष थम्मन केसीद्वारा संयुक्त हस्ताक्षरित ध्यानाकर्षण पत्र अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल तथा शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीका प्रमुख मनीराम पराजुली लाई दुवै प्याब्सनका टोलीले छुट्टाछुट्टै कार्यकक्षमा पुगी बुझाएको हो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement