आँखा पाक्ने रोगको कपिलबसतु नगरपालिकाद्धारा निशुल्क औषधी

आँखा पाक्ने रोगको  कपिलबसतु नगरपालिकाद्धारा  निशुल्क औषधी
0 0
Read Time:1 Minute, 51 Second

कपिलवस्तु । कपिलबस्तु बिगत आँखा पाक्ने रोग बिरामी बढेपछि कपिलबसतु नगरपालिकाले निशुल्क औषधी दिन लागेको छ ।
कपिलबसतु नगरपालिकाले ७ वटा स्वास्थ्य चौकी , ५ वटा आधारभूत स्वास्थ्य केन्द्य्र र १ वटा नगर स्वास्थ्य केन्द्र गरि १३ वटा स्वास्थ्य संस्थाबाट निशुल्क औषधि दिन लगेको कपिलबस्तु नगरपालिका स्वास्थ्य कार्यालयका प्रमुख उमेश कुमार गुप्ताले बताउनु भएको छ ।
कपिलबस्तु नगरपालिका भित्र वडा १ गौढी आधारभूत स्वास्थ्य संस्था , वडा २ रामतलाह आधारभूत स्वास्थ्य संस्गा , वडा ३ डरुवा , वडा ४ पिपरी , वडा ५ डंगरी , वडा ६ गोबरी , वडा ७ कनकाटवा , वडा ८ दोहनी , वडा ९ जगदीशपुर , वडा १० टेनुवा , वडा ११ बनगाई र वडा १३ बिढुवामा निशुल्क औषधि दिन लगेको स्वास्थ्य प्रमुख गुप्ताले बताए ।
नगर स्वास्थ्य शाखामा भण्डार गरिएको ३ हजार संख्यामा रहेको सिप्रो आई ड्रप मलहम र टेट्रा साईक्लिन मलहम नगरका सबै स्वास्थ्य संस्ूथामा निश्ुल्क बितरण गर्नको लागि दिएको गुप्ताले जनाकारी दिनु भएको छ।
कपिलबस्तुमा आँखा पाक्ने बिरामी दिनप्रति दिन बढिरहेको छ , आँखा पाक्ने बिरामी १०० देखि १५० जना प्रत्येक दिन बिरामी आईरहेको तौलिहवा आँखा अस्पतालले जनाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement