चौराहा हस्पिटल बुटवलमा अब सिटी स्क्यान सेवा
बुटवल । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर तथा विभिन्न सामाजिक कार्य गर्दै आएको बुटवल ११ कालिका नगरमा रहेको चौराहा हस्पिटल प्रालिले सिटी स्क्यान सेवा प्रदान गर्ने भएको छ।
पौने चार करोडको लगानीमा जापानीज क्यानल कम्पनीको सिटिस्क्यान मेसिन ल्याएको अस्पतालका प्रबन्ध निर्देशक बिरु भण्डारीले जानकारी दिए।
चौराहा हस्पिटल आएका बिरामीलाई बाहिर नगई छिटो छरितो र सहज उपचार गराउने उद्देश्यले मेसिन ल्याएर सेवा प्रदान गर्ने लक्ष्य रहेको प्रशासन प्रमुख सन्तोष गुप्ताले जानकारी दिए। उनले विपन्न गरिब असहाय लाई छुटको व्यवस्था समेत गरिएको बताए।
सहज र सुरक्षित तरिकाले न्युरो सर्जरी अगाडि बढाउन महत्त्वपूर्ण मानिने सिटी स्क्यान सेवाले धेरैलाई सेवा दिन सकिने वरिष्ठ न्युरोलोजिस्ट डा के आइ सिंह केसीले बताए।
दिनमा १०/१५ जनालाई सेवा प्रदान गर्न सकिने हाड जोर्नी तथा नशा रोग विशेषज्ञ मदन ज्ञवालीले जानकारी दिए।
हस्पिटलका जनसम्पर्क तथा सूचना अधिकृत जनक केसीले हस्पिटलले धेरै मेहनत तथा छोटो समयमा सिटी स्क्यान सफल भएको बताउँदै प्राइभेट अस्पताल भए पनि छिटो छरितो उपचार प्रदान गर्ने उद्देश्यले सेवा सञ्चालन गर्न लागिएको बताए। उनले हस्पिटलले सामाजिक उत्तरदायित्वका कामहरू अन्तरगत लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा स्वास्थ्य शिविर मार्फत निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको बताए।
उनले केही वर्ष यता बिहीबारको दिनमा फिजिसियन सेवा र सुगर जाँच निःशुल्क हुँदै आएको समेत जानकारी दिए। उनले आवश्यकता अनुसारका सुविधा छिट्टै थप्दै जाने बताए।
लेखकको सम्वन्धमा