बसाइसराइ रोकेर गाउँमै दक्ष जनशक्ति उत्पादन गराउँछौ : प्रदेश मन्त्री गुप्ता
अनिल नेपाली / अर्घाखाँची । लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्र केस गुप्ताले शिक्षालाई गुणस्तरीय बनाउनका लागि सबैको अनिवार्य र महत्त्वपूर्ण भूमिका हुने बताएका छन्।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा न ७ मा रहेको चन्द्र प्रभा माध्यमिक विद्यालयको आज अनुगमन गदै मन्त्री गुप्ताले यस्तो बताएका हुन ।
मन्त्री गुप्ताले गुणस्तरीय शिक्षाको नाममा गाउँबाट सहर केन्द्रित बसाइसराइ बढेकोले अब गाउँका विद्यालयलाई गुणस्तरीय र प्रविधिमैत्री बनाएर दक्ष जनशक्ति उत्पादन गर्न सबै लाग्नुपर्ने बताउँदै लुम्बिनी प्रदेश सरकारमा शिक्षा क्षेत्रमा कम मात्रामा बजेट विनियोजित गरेकोले अहिले तत्कालीन अनिवार्य आवश्यकता कामलाई प्राथमिकता दिएर भौतिक संरचना निर्माण गर्नतर्फ आफूले जिम्मेवार भूमिका खेल्ने बताए।
उनले सदरमुकाम देखि टाढा रहेको चन्द्र प्रभा माध्यमिक विद्यालयको भौतिक संरचना निर्माणको लागि आफू मन्त्री हुँदा वा नहुँदा जिम्मेवार पूर्वक लाग्ने बताए ।
कार्यक्रममा शिक्षा तथा समन्वय इकाई प्रमुख मणिराम पराजुलीले शिक्षालाई गुणस्तरीय बनाउनको लागि प्रदेश र केन्द्र सरकारले जिम्मेवार भूमिका खेल्नुपर्ने बताए ।
कार्यक्रममा विद्यालयको भौतिक संरचना विगतको अवस्था अहिलेको अवस्थाको बारेमा विद्यालयका प्रधानाध्यापक दिन ब थापाले समष्टिगत रूपमा जानकारी गराउँदै असहजताका बिचबाट अहिले विद्यालय सञ्चालन भएता पनि सहजता प्रदान गरेर शिक्षालाई गुणस्तरीय प्रविधिमैत्री बनाउनको लागि सबैले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गणेश बहादुर सिंहले इतिहास बोकेको विद्यालय भएकोले यसको स्तर उन्नतिको लागि सबैको महत्त्वपूर्ण भूमिका हुने बताए ।
लेखकको सम्वन्धमा