बुटवल लेडि जेसिजले जेसिज सप्ताह २०२३ गर्दै
बुटवल । बुटवल लेडि जेसिजले जेसिस सप्ताह २०२३ मार्फत विभिन्न कार्यक्रम गर्ने भएको छ। साउन २८ देखि भदौ २ गते सम्म ७ दिनमा दैनिक विभिन्न कार्यक्रम गर्ने बुटवल लेडि जेसिज अध्यक्ष कमला लम्सालले जानकारी दिइन।
प्रत्येक दिनको कार्यक्रमको लागि संयोजक नै तोकेर कार्यक्रम व्यवस्थापन गरिएको जानकारी दिइन।
उनका अनुसार साउन २८ गते (१३ अगस्ट ) समुद्घाटन समारोह एवं किशोरीहरूलाई आत्मरक्षा तालिम, साउन २९ गते (१४ अगस्ट) मिथ्या सूचना तथा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम,साउन ३० गते(१५ अगस्ट) लागू औषध दुर्व्यसन तथा आत्महत्या सम्बन्धी सचेतना कार्यक्रम, साउन ३१ गते(१६ अगस्ट) दाँत, मुख तथा गिजा सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन हुनेछ।
साउन ३२ गते(१७ अगस्ट) वित्तीय साक्षरता कार्यक्रम, भदौ १ गते(१८ अगस्ट) प्रदेश राजधानी स्थानान्तरण सँगै बुटवल क्षेत्रमा देखिएको सुस्त आर्थिक गतिविधि, वर्तमान आर्थिक अवस्था र बुटवलमा देखिएका विभिन्न समस्यालाई मध्यनजर गर्दै सरोकारवालाहरूका बिचमा अन्तरक्रिया तथा भदौ २ गते(१९ अगस्ट)मा पुरस्कार वितरण तथा समापन समारोह रहेको महासचिव रुपा श्रेष्ठ पाठकले जानकारी दिइन।
जेसिज सप्ताह २०२३ को मूल संयोजक रुपा श्रेष्ठले उद्घाटन समारोह बुटवल जेसिज सचिवालय जेसिज चोकमा हुने बताउँदै सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइन।
लेखकको सम्वन्धमा