पहिचान जोगाउन भाषा भेषभुसा र रहनसहन संरक्षक गर्न आवश्यक : नगरप्रमुख पाण्डेय
बुटवल । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले जुनसुकै समुदायको पनि पहिचानको संरक्षण गर्न आफ्नो भाषा, भेषभुसा तथा रहनसहन जोगाउन आवश्यक रहेको बताएका छन। पछिल्लो समय सबैले आ-आफ्ना भाषा भेषभुसा तथा रहनसहन बिर्सीरहेको बताउदै तसतर्फ सचेत रहन आग्रह गरेका हुन।
नेवा सस्कृती संरक्षण समाज रुपन्देहीको प्रथम साधारणसभा तथा प्रथम अधिवेशन बोल्दै प्रमुख पाण्डेले बुटवल उपमहानगरपालिकाले सबै जातजातिकोलागी छुट्टाछुट्टै बजेट ब्यवस्थापन गरेको बताउदै विभिन्न सस्थाहरुलाइ सक्दो र आवश्यक सहयोग गर्दै आएको बताए।
उनले नेवार समुदायको आफ्नै भाषा, भेषभुसा तथा रहनसहन रहेको उल्लेख गर्दै नेवार समुदायको अस्तित्व कायम राख्नको लागि भाषा भेषभुसा र रहनसहन जोगिन जरुरी रहेको बताए।
उनले सबैको साझा नगरपालिका बनाउनको लागि बुटवलले सबै समुदायका कुराहरु सुन्दै आएको बताउदै नेवार समुदायका कुराहरु पनि सुन्ने बताए।
उनले नेवार समुदायका कुराहरु सुन्न तयार रहेकोले सक्रियताका साथ काम गर्दै सहयोग माग्न आएमा पालिकाबाट हुने साथ सहयोग गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त गरे।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले नेवारी समुदायको पहिचान रक्षाको लागि समुदाय आफैले ध्यान पुर्याउनु पर्ने बताएका थिए। उनले समाजको आफ्नो नाम अनुसारका काम गर्न आग्रह गरे।
कार्यक्रममा समाजका अध्यक्ष लक्ष्मण कुमार श्रेष्ठको वार्षिक प्रतिबेदन एव कार्ययोजना प्रस्तुत गर्दै अघिल्लो वर्ष गरेका कार्यहरूको बारेमा बताउदै आगामी वर्षमा गर्ने कार्यक्रमको बारेमा उल्लेख गरेका थिए।
समाजका वरिष्ठ उपाध्यक्ष मान ब श्रेष्ठले नेवा सस्कृती संरक्षण गर्न गराउन सरकारले अझै ध्यान दिन आवश्यक रहेको बताउदै यसो हुन नसके नेवार समुदायको बिकासमा पछाडी पर्दै जाने बताए।
कार्यक्रममा कोषाध्यक्ष विष्णुमाया श्रेष्ठले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गरेकी थिइन। नेवा सस्कृती संरक्षण समाज रुपन्देहीमा अहिले १३५ जना सदस्य रहेको समाजका सल्लाहकार गणेश पुन्य श्रेष्ठले जानकारी दिए।
कार्यक्रममा झिजु नेवा पुछ तिलोत्तमा अध्यक्ष रुद्र प्रसाद श्रेष्ठ, नेवा समाज अर्घाखाँची रुपन्देही सम्पर्क समाज अध्यक्ष बाबुराम श्रेष्ठ लगायतले बोलेका थिए
कार्यक्रममा आजिवन सदस्यहरु तथा लाखे नाचमा सहयोग गर्ने ब्यक्तिहरुलाइ सम्मान समेत गरिएको सचिव ध्रुब श्रेष्ठले जानकारी दिए।
समाजको अध्यक्षमा पुन: लक्ष्मण कुमार श्रेष्ठ
अधिवेशनले समाजको नया कार्यसमिति सर्वसम्मत चयन गरेको छ। नेवा सस्कृती संरक्षण समाज रुपन्देहीको अध्यक्षमा पुन: लक्ष्मण कुमार श्रेष्ठ निर्वाचित भएका छन। वरिष्ठ उपाध्यक्षमा मान बहादुर श्रेष्ठ,उपाध्यक्ष हरि बहादुर श्रेष्ठ, महासचिवमा गङा प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा रुद्र प्रसाद श्रेष्ठ सचिवमा विष्णुमाया श्रेष्ठ निर्वाचित भएका छन।
यस्तै सदस्यहरुमा श्रीमाया श्रेष्ठ, पार्वती श्रेष्ठ, रुपा श्रेष्ठ, नारायण प्रसाद श्रेष्ठ(क) र नारायण प्रसाद श्रेष्ठ(ख) निर्वाचित भएका छन।
लेखकको सम्वन्धमा