चर्चामा

बुटवल लेडि जेसिजको जेसिज सप्ताह सुरु, पहिलो दिन किशोरीहरूलाई आत्मरक्षा तालिम

बुटवल लेडि जेसिजको जेसिज सप्ताह सुरु, पहिलो दिन किशोरीहरूलाई आत्मरक्षा तालिम
0 0
Read Time:2 Minute, 54 Second

बुटवल ।बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रादेबी अर्यालले किशोरीहरूमाथि हुन सक्ने हिंसा विरुद्ध आत्मरक्षा तालिम प्रभावकारी हुने बताएकी छन्।
आइतबार बुटवल लेडि जेसिजले आयोजना गरेको जेसिज सप्ताह २०२३ को अन्तरगत पहिलो कार्यक्रम किशोरीहरूका लागि आत्मरक्षा तालिम कार्यक्रमको उद्घाटन गर्दै उनले पितृसत्तात्मक सोचले समाजमा समस्या भए पनि त्यसलाई चिर्दै जानुपर्ने बताइन।
उनले अहिले सिकेको तालिमलाई आफ्ना साथीहरूलाई सिकाएर सुरक्षित किशोरी अभियानमा साथ दिन आग्रह गरिन।
कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सन्तोष घिमिरेले आत्मरक्षामा अपनाइने विभिन्न कुराहरूको बारेमा किशोरीहरुलाई प्रशिक्षण प्रदान गरेका थिए।
कान्ति माविमा कक्षा ८ देखि १० सम्म अध्ययनरत करिब १ सय किशोरीहरूलाई तालिम प्रदान गरिएको कार्यक्रम संयोजक अनु खनालले जानकारी दिइन।
आइतबार देखि सुरु भएको जेसिज सप्ताह भदौ २ गते  सञ्चालन हुने बुटवल लेडि जेसिज अध्यक्ष कमला लम्सालले जानकारी दिइन।
उनका अनुसार सोमबार साउन २९ गते मिथ्या सूचना तथा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम, साउन ३० गते लागू औषध दुर्व्यसन तथा आत्महत्या सम्बन्धी सचेतना कार्यक्रम, साउन ३१ गते दाँत, मुख तथा गिजा सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन हुनेछ। 
साउन ३२ गते वित्तीय साक्षरता कार्यक्रम, भदौ १ गते प्रदेश राजधानी स्थानान्तरण सँगै बुटवल क्षेत्रमा देखिएको सुस्त आर्थिक गतिविधि, वर्तमान आर्थिक अवस्था र बुटवलमा देखिएका विभिन्न समस्यालाई मध्यनजर गर्दै सरोकारवालाहरूका बिचमा अन्तरक्रिया तथा भदौ २ गतेमा पुरस्कार वितरण तथा समापन समारोह रहेको महासचिव रुपा श्रेष्ठ पाठकले जानकारी दिइन। 
कार्यक्रममा बुटवल लेडि जेसिजका निवर्तमान अध्यक्ष अनुपमा श्रेष्ठ ,पूर्व अध्यक्षहरू राधिका पोख्रेल, मञ्जु पराजुली, महासचिव रुपा श्रेष्ठ पाठक लगायतले बोलेका थिए।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement