बुटवल लेडि जेसिजद्वारा मिथ्या सूचना र साइबर अपराध सम्बन्धी सचेतना
बुटवल । बुटवल लेडी जेसीजले आइतबारबाट सुरु गरेको “जेसीज सप्ताह ” अन्तर्गत सोमबार “मिथ्या सूचना तथा साइबर अपराध सम्बन्धी सचेतना” कार्यक्रम सम्पन्न गरेको छ।
पछिल्लो समय साइबर अपराध बढेको भन्दै मिथ्या सूचना र साइबर अपराधको बारेमा जानकारी गराउने उद्देशले प्रशिक्षण कार्यक्रमलाई जेसिज सप्ताहमा समावेश गरिएको बुटवल लेडि जेसिज अध्यक्ष कमला लम्सालले जानकारी दिइन।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्या नन्द ज्ञवालीले महत्त्वपूर्ण विषयमा प्रशिक्षण दिन लागेको भन्दै प्रशंसा गर्दै कालिका मावि नै छनोट गरेकोमा धन्यवाद व्यक्त गरे।
विद्यालयका प्राचार्य दिनेश थापाले समय सान्दर्भिक प्रशिक्षण रहेको बताउँदै विद्यार्थीहरूले सिकेको कुरालाई समाजमा फैलाउन आग्रह गरे।
प्रमुख प्रशिक्षक वडा प्रहरी कार्यालय रामनगर बुटवलका प्रहरी निरीक्षक अर्जुन पौडेलले पछिल्लो समय हुने गरेका साइबर अपराध तथा मिथ्या सूचनाको कारणले हुने अपराधको बारेमा बताउँदै यसबाट बच्ने उपायको बारेमा जानकारी गराएका थिए।
कालिका मानव ज्ञान माविका कक्षा ११ र १२ मा अध्ययनरत करिब १५० छात्र छात्राहरूलाई प्रशिक्षण दिइएको कार्यक्रम संयोजक अपुर्वा खनालले जानकारी दिइन।
कार्यक्रममा पूर्व अध्यक्ष राधिका पोखरेल,जेसिज सप्ताह मूल संयोजक रुपा श्रेष्ठ,महासचिव रुपा श्रेष्ठ पाठक,लक्ष्मी पौडेल लगायतले बोलेका थिए।
आइतबार देखि सुरु भएको जेसिज सप्ताह भदौ २ गते सञ्चालन हुने बुटवल लेडि जेसिज अध्यक्ष कमला लम्सालले जानकारी दिइन।
उनका अनुसार मङ्गलवार साउन ३० गते लागू औषध दुर्व्यसन तथा आत्महत्या सम्बन्धी सचेतना कार्यक्रम, साउन ३१ गते दाँत, मुख तथा गिजा सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन हुनेछ।
साउन ३२ गते वित्तीय साक्षरता कार्यक्रम, भदौ १ गते प्रदेश राजधानी स्थानान्तरण सँगै बुटवल क्षेत्रमा देखिएको सुस्त आर्थिक गतिविधि, वर्तमान आर्थिक अवस्था र बुटवलमा देखिएका विभिन्न समस्यालाई मध्यनजर गर्दै सरोकारवालाहरूका बिचमा अन्तरक्रिया तथा भदौ २ गतेमा पुरस्कार वितरण तथा समापन समारोह रहेको जेसिज सप्ताहका मूल संयोजक रुपा श्रेष्ठले जानकारी दिइन।
कार्यक्रममा बुटवल लेडि जेसिजका निवर्तमान अध्यक्ष अनुपमा श्रेष्ठ ,पूर्व अध्यक्षहरू राधिका पोख्रेल, मञ्जु पराजुली, महासचिव रुपा श्रेष्ठ पाठक लगायतले बोलेका थिए।
लेखकको सम्वन्धमा