मानवसेवा आश्रमको १३औँ ज्ञान हस्तान्तरण कार्यक्रम रुपन्देहीमा हुने
बुटवल । मानवसेवा आश्रमले आफ्नो ११औँ वार्षिकोत्सवका अवसरमा १३ औँ ज्ञान हस्तान्तरण कार्यक्रम (राष्ट्रका लागि युवा) आयोजना गर्ने भएको छ।
यही भाद्र ०५ देखि १३ गतेसम्म नौ दिने आवासीय ज्ञान हस्तान्तरण कार्यक्रम गर्न लागिएको आश्रमले जानकारी दिएको छ । यसपटक उक्त कार्यक्रम मानवसेवा आश्रमको शाखा कार्यालय रुपन्देही बुटवलमा हुनेछ ।
युवाहरुमा सकारात्मक सोच, सिर्जनशिलता, रचनात्मकता, मानवीयता र सामाजिक भावनासहितको असल, आत्मसंयमित, विवेकशिल र आत्मनिर्भर बनाउने उद्देश्यले ज्ञान हस्तान्तरण कार्यक्रम (राष्ट्रका लागि युवा) को आयोजना गर्न लागिएको हो । आफुलाई दृढ, आत्मविश्वासी, करुणावान, क्षमतावान बनाउन चाहने हर कोही कार्यक्रममा सहभागी हुन पाउनेछन् ।
कार्यक्रममा भर्खरै कक्षा १२, स्नातक वा स्नातकोतर परीक्षा दिइ बसेकाहरुलाई प्रथामिकता दिइने छ । यसपटकको कार्यक्रममा १०१ जना सहभागी गराउने लक्ष्य राखिएको छ। यस कार्यक्रममा फारम भरेकाहरुको हकमा अन्य कार्यक्रमहरुमा पनि अवसर प्रदान गरिनेछ।
कार्यक्रमका लागि रू १५०५ फारम शुल्क लाग्नेछ भने फारम मानवसेवा आश्रमको सातै प्रदेशमा रहेका शाखा कार्यालयहरू, मानवसेवा आश्रमको आधिकारिक वेबसाईट र फेसबुक पेजबाट पनि प्राप्त गर्न सकिनेछ। कार्यक्रमका सहभागिहरुका लागि खान, बस्नको प्रबन्ध आश्रमले नै गर्नेछ ।
योग, ध्यान, प्रणायम, क्षमता विकास, व्यत्तित्व विकास,नेतृत्व विकास, बोल्नेकला, तनाव व्यवस्थापन, मातृत्व र राष्ट्र प्रेम, जीवन जिउने कला जस्ता जीवनउपयोगी विषयहरुमा प्रशिक्षण हुने यस नौ दिवसिय ज्ञान हस्तान्तरण कार्यक्रम युवाहरुको जीवनरुपान्तरणका लागि कोसेढुङ्गा सावित हुनेछ।
देश विदेशमा ख्यातिप्राप्त प्रशिक्षकहरुबाट प्रशिक्षण गराईने यस जीवनउपयोगी कार्यक्रममा कर्मद्वारा समाजमा सकारात्मक परिवर्तन ल्याउन सफल व्यक्तिहरुबाट प्रशिक्षण गराईनेछ।
लेखकको सम्वन्धमा