चर्चामा

जेसिज सप्ताह तेसो दिन : लागुऔषध दुर्व्यासनी तथा आत्महत्या निरुत्सान सचेतना

जेसिज सप्ताह तेसो दिन : लागुऔषध दुर्व्यासनी तथा आत्महत्या निरुत्सान सचेतना
0 0
Read Time:3 Minute, 19 Second

बुटवल । बुटवल लेडी जेसीजले आयोजना गरेको जेसीज सप्ताह अन्तर्गत तेस्रो कार्यक्रम लागुऔषध दुर्व्यासनी तथा आत्महत्या सम्बन्धि सचेतना सम्पन्न भएको छ।बुटवल माध्यमिक विद्यालयका कक्षा १०, ११ र १२ मा अध्ययनरत छात्र छात्राहरुलाई सचेतना प्रदान गरिएको हो।
कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य होम बहादुर रायमाझीले बालबालिकाहरु कुलतमा फस्ने र गलत गतिविधि गर्ने उमरका बालबालिकालाई प्रदान गरिएको सचेतना प्रभावकारी हुने बताएका थिए।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरीक्षक तिर्थराज गौतमले लागुऔषध दुर्व्यासनीमा फसिने अवस्था र त्यसले आत्महत्या जस्तो मनोभावना आउनबाट रोक्नका गरिने कुराहरूको बारेमा सचेतना प्रदान गरेका थिए।
सचेतना पछि बोल्दै विद्यार्थीहरु रमिता विष्ट , होम बहादुर गाहा, रितु मगरले यस्तो कार्यक्रम विद्यार्थीलाई आवश्यक रहेको भन्दै अन्य साथीगरुलाई पनि यसको बारेमा जानकारी गराउने प्रतिबद्धता ब्यक्त गरेका थिए।

Advertisement

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा न. १ का वडा सदस्य अशोक राई, बुटवल लेडि जेसिजका निवर्तमान अध्यक्ष एव नेपाल जेसिजका चिल्ड्रेन एण्ड युथ कमिटी मेम्बर अनुपमा श्रेष्ठ,अध्यक्ष कमला लम्साल, महासचिव रुपा श्रेष्ठ पाठक, कार्यक्रम संयोजक कृति पाण्डे, लक्ष्मी पौडेल, अपुर्वा खनाल लगायतले बोलेका थिए।

कार्यक्रममा सल्लाहकार रुपा पाण्डे, सल्लाहकार सिनेटर राधिका पोखेरल, आजीवन सदस्य सपना कार्की तथा बिद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो।

आइतबार देखि सुरु भएको जेसिज सप्ताह भदौ २ गते  सञ्चालन हुने बुटवल लेडि जेसिज अध्यक्ष कमला लम्सालले जानकारी दिइन। 
बुधबार साउन ३१ गते दाँत, मुख तथा गिजा सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन हुनेछ। साउन ३२ गते वित्तीय साक्षरता कार्यक्रम, भदौ १ गते प्रदेश राजधानी स्थानान्तरण सँगै बुटवल क्षेत्रमा देखिएको सुस्त आर्थिक गतिविधि, वर्तमान आर्थिक अवस्था र बुटवलमा देखिएका विभिन्न समस्यालाई मध्यनजर गर्दै सरोकारवालाहरूका बिचमा अन्तरक्रिया तथा भदौ २ गतेमा पुरस्कार वितरण तथा समापन समारोह रहेको जेसिज सप्ताहका मूल संयोजक रुपा श्रेष्ठले जानकारी दिइन।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %