मानव सेवा आश्रमका आश्रितको निःशुल्क दाँत, मुख तथा गिजा परीक्षण र उपचार
बुटवल । बुटवल लेडी जेसीजले आयोजना गरेको जेसीज सप्ताह अन्तर्गत चौथो दिन मानव सेवा आश्रम बुटवलमा रहेका व्यक्तिहरूको दाँत, मुख तथा गिजा सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
बुटवल ८ सुख्खानगरमा रहेको आश्रममा स्वास्थ्यकर्मी सहितको टोलीले आश्रितहरूको दाँत, मुख तथा गिजाको अवस्था जाँच गरी औषधि समेत वितरण गरिएको कार्यक्रम संयोजक लक्ष्मी पौडेलले जानकारी दिइन।
कार्यक्रममा बोल्दै मानव सेवा आश्रम बुटवलका अभिभावक तथा वरिष्ठ सल्लाहकार लोकनाथ भुसालले मानवता प्रवर्द्धनको काम मानव सेवा आश्रमले आम गर्दै आएको बताउँदै सडक मानवमुक्त अभियान सञ्चालन गर्दै आएको बताए।
उनले आश्रममा २ सय जनाले सेवा लिइरहेको बताउँदै आश्रमको दैनिक ५० हजार खर्च रहेको भएपनि समाज सहयोगीहरुको सहयोगले सहज भएको बताए।उनले जेसिज र मानव सेवा आश्रमको नाम काम र लोगो एउटै रहेको बताए।
ओम शान्ति डेन्टल हेल्थ केयर प्रालिका सञ्चालक डा सन्दीप पौडेल र डेन्टल असिस्टेन्ट निशा दर्लामीको टोलीले परीक्षण एव औषधि वितरण गरेका थिए।
कार्यक्रममा बुटवल लेडि जेसिजका पूर्व अध्यक्ष एव सल्लाहकार राधिका पोखरेल,अध्यक्ष कमला लम्साल, कार्यकारिणी उपाध्यक्ष बसन्ता घिमिरे ,महासचिव रुपा श्रेष्ठ पाठक,सह कोषाध्यक्ष कविता श्रेष्ठ लगायतले बोलेका थिए।
आइतबार देखि सुरु भएको जेसिज सप्ताह भदौ २ गते सञ्चालन हुने बुटवल लेडि जेसिज अध्यक्ष कमला लम्सालले जानकारी दिइन।
उनका अनुसार बिहीबार साउन ३२ गते वित्तीय साक्षरता कार्यक्रम, भदौ १ गते प्रदेश राजधानी स्थानान्तरण सँगै बुटवल क्षेत्रमा देखिएको सुस्त आर्थिक गतिविधि, वर्तमान आर्थिक अवस्था र बुटवलमा देखिएका विभिन्न समस्यालाई मध्यनजर गर्दै सरोकारवालाहरूका बिचमा अन्तरक्रिया हुनेछ।
यस्तै जेसिज सप्ताहको अन्तिम दिन भदौ २ गते पुरस्कार वितरण तथा समापन समारोह रहेको जेसिज सप्ताहका मूल संयोजक रुपा श्रेष्ठले जानकारी दिइन।
लेखकको सम्वन्धमा