गैडहवामा भिडियो एक्सरे सेवा शुभारम्भ
बुटवल । रुपन्देहीको गैडहवा गाउपालिकामा निशुल्क भिडियो एक्सरे ( अल्ट्रा साउण्ड) काे सेवा शुभारम्भ भएको छ । बिहीबार सुर्यपूरा स्वास्थ्य चौकीमा भएको एक बिशेष कार्यक्रममा पालिका अध्यक्ष सुरेन्द्र पौडेलले अल्ट्रा साउण्ड सेवाकाे उदघाटन गर्नु भयको हो । कार्यक्रममा बोल्दै अध्यक्ष पाैडेलले गैडहवाकाे स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागी परेको बताउदै अब भिडियो एक्सरेका लागी बुटवल र भैरहवा जानू पर्ने वाध्यता हटेको भन्दै स्वास्थ्यकाे पहुचमा नभएकाहरूलाई पालिकाले विशेष अभियान सञ्चालन गर्ने बताउनु भयो । २ बर्ष भित्र सुर्यपुराको स्वास्थ्य चौकीलाइ स्तर उन्नती गरी सम्पन्न गर्ने र पालिकालाइ स्वास्थ्य क्षेत्रमा सबल बनाउने दाबी गर्नु भयो । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी , वार्ड नम्बर ५ का अध्यक्ष विजय कुमार शर्मा, डाक्टर नवीन पाण्डे लगाएतले बोल्दै भिडियो एक्सरे सेवाले पालिकाको स्वास्थ क्षेत्रलाई सकारात्मक प्रभाव पार्ने बताउनु भयो। वार्ड नम्बर ६ का वार्ड अध्यक्ष राज कुमार लोधकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत स्वास्थ शाखा प्रमुख सुरेन्द्र चौहानले गर्नु भएको थियो भने सञ्चालन सुर्यपूरा स्वास्थ चौकी प्रमुख मिना पन्थीले गर्नु भएको थियो।
लेखकको सम्वन्धमा