बुटवल लेडि जेसिजद्वारा वित्तीय साक्षरता प्रदान
बुटवल । बुटवल लेडी जेसीजले आयोजना गरेको जेसीज सप्ताह अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
स्कलर्स बोर्डिङ स्कुलमा कक्षा १२ का व्यवस्थापन सङ्कायमा अध्ययनरत छात्रछात्राहरूलाई साक्षरता प्रदान गरिएको कार्यक्रम संयोजक पुनम पन्थले जानकारी दिइन।
विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले व्यवहारिक वित्तीय साक्षरता अभियान सञ्चालन गरेको भन्दै धन्यवाद व्यक्त गरे। उनले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा व्यवहारिक ज्ञान समेत थप्दै लैजान विभिन्न कार्यक्रमहरू गर्दै आएको बताए।
एनएमबि बैङ्क लिमिटेडका शाखा प्रबन्धक अर्जुन ज्ञवालीले बिद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गरेका थिए।
कार्यक्रममा बुटवल लेडि जेसिजका संस्थापक अध्यक्ष रेखा शर्मा कट्टेल, सल्लाहकार राधिका पोख्रेल,अध्यक्ष कमला लम्साल,महासचिव रुपा श्रेष्ठ पाठक,रुपा श्रेष्ठ,अनु खनाल लगायतले बोलेका थिए।
आइतबार देखि सुरु भएको जेसिज सप्ताह भदौ २ गते सञ्चालन हुने बुटवल लेडि जेसिज अध्यक्ष कमला लम्सालले जानकारी दिइन।
उनका अनुसार शुक्रवार भदौ १ गते प्रदेश राजधानी स्थानान्तरण सँगै बुटवल क्षेत्रमा देखिएको सुस्त आर्थिक गतिविधि, वर्तमान आर्थिक अवस्था र बुटवलमा देखिएका विभिन्न समस्यालाई मध्यनजर गर्दै सरोकारवालाहरूका बिचमा अन्तरक्रिया हुनेछ।
यस्तै जेसिज सप्ताहको अन्तिम दिन भदौ २ गते पुरस्कार वितरण तथा समापन समारोह रहेको जेसिज सप्ताहका मूल संयोजक रुपा श्रेष्ठले जानकारी दिइन।
लेखकको सम्वन्धमा