‘राजधानी सर्दा बुटवलका गतिविधि सुस्त भए’
बुटवल । लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट सर्दा बुटवल क्षेत्रमा आर्थिक गतिविधि सुस्त बनेको सरोकारवालाले बताएका छन।
बुटवल लेडी जेसीजले आयोजना गरेको जेसीज सप्ताह अन्तर्गत आयोजित सरोकारवालाहरुको बैठकमा बोल्ने बक्ताहरुले प्रदेश राजधानी स्थानान्तरण सँगै बुटवल क्षेत्रमा देखिएको सुस्त आर्थिक गतिविधि, वर्तमान आर्थिक अवस्था र बुटवलमा देखिएका विभिन्न समस्यालाई समाधान गर्ने गर्नुपर्ने कामको बारेमा बताएका थिए।
उनिहरुले आर्थिक चलायमान बनाउनको लागि स्थानीय सरकार र प्रदेश सरकारबाट पनि आवश्यक समन्वय गर्नुपर्ने आवश्यकता औल्याए।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थीले लुम्बिनी प्रदेश सरकारले बुटवल भैरहवालाई आर्थिक राजधानीको रुपमा बिकास गर्नेगरी दाङ सारिएको बताए। उनले बुटवलको बिकासमा राजधानीले प्रभाव नपार्ने उल्लेख गरे।
बुटवल उपमहानगरपालिका प्रमुख प्रषासकिय प्रमुख टेकराज पन्थीले बुटवललाई गतिशील बनाउन बुटवल उपमहानगरपालिका लागिपरेको बताउदै यसमा सबै पक्षको साथ सहयोग चाहिने बताए।
कार्यक्रममा बोल्दै उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य एव बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजुले बुटवलको गरिमालाई कायम राख्न र यहाको आर्थिक चलायमान कायम राख्न बहाल घटाउने र विभिन्न अनुदानका कार्यक्रम ल्याउनुपर्ने बताए।
कार्यक्रममा उद्योग ब्यापार संघका माधब पौडेल, होटल तथा रेस्टुरेन्ट ब्यवसायी संघ रुपन्देही अध्यक्ष लेखनाथ भण्डारी,ब्यवसायी हरि प्रसाद पौडेल, आविष्कार खनाल,कार्यक्रममा बुटवल लेडि जेसिजका संस्थापक अध्यक्ष रेखा शर्मा कट्टेल, अध्यक्ष कमला लम्साल,महासचिव रुपा श्रेष्ठ पाठक लगायतले बोलेको कार्यक्रम संयोजक प्रभा गौतमले जानकारी दिइन।
आइतबार देखि सुरु भएको जेसिज सप्ताह भदौ २ गते सञ्चालन हुने बुटवल लेडि जेसिज अध्यक्ष कमला लम्सालले जानकारी दिइन।
यस्तै जेसिज सप्ताहको अन्तिम दिन भदौ २ गते पुरस्कार वितरण तथा समापन समारोह रहेको जेसिज सप्ताहका मूल संयोजक रुपा श्रेष्ठले जानकारी दिइन।
लेखकको सम्वन्धमा