सामाजिक संघ संस्थाको पहलले महिला सहभागिता बढाउँछ : काङ्ग्रेस लुम्बिनी सभापति पुन
बुटवल । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुनले सामाजिक संघ संस्थाको पहलले हरेक क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दै जाने बताएका छन्।
बुटवल लेडी जेसीजले आयोजना गरेको जेसीज सप्ताहको समापन समारोहमा बोल्दै उनले लामो समय देखि इतिहास बोकेको लेडि जेसिजको पहलले देशको संविधानलाई मद्दत पुग्ने गरी महिलाको सहभागिता पुग्नमा सहयोग पुग्ने बताए।
उनले कसैको दबाबमा नरही सामाजिक कार्यक्रमहरू गर्दै आएको बताउँदै यस्ता कार्यक्रमहरूलाई निरन्तरता प्रदान गर्न आग्रह गरे। उनले समाज सुधार गर्ने एव सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू गरेकोमा बधाई दिँदै २७ औ वर्ष सम्म निरन्तरता दिनु ठुलो कुरा भएको बताउँदै आगामी वर्षमा पनि निरन्तरता दिन आग्रह गरे।
नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जीवन कार्कीले जेसिजले समाज परिवर्तनका क्षेत्रमा काम गर्दै आएको बताउँदै बुटवल लेडि जेसिजले सप्ताह मार्फत राम्रो काम गरेको बताए। उनले जेसिजमा युवाहरूले नेतृत्व गर्दै नयाँ र सामाजिक कामहरू गर्दै जाने बताए। उनले तिलोत्तमामा नेपाल जेसिज क्षेत्र घ सम्मेलन भदौ ८ र ९ गते हुन लागेको भन्दै सहभागीहुन आग्रह गरे।
कार्यक्रममा बोल्दै बुटवल लेडि जेसिजका पूर्व अध्यक्ष बालकुमारी भण्डारीले बुटवल जेसिजले भवन बनाउदा र सुरुवाती चरणमा गरेका कामहरूको बारेमा बताइन।
कार्यक्रममा बोल्दै बुटवल जेसिजका अध्यक्ष कमला लम्सालले साउन २८ गते आइतबार देखि सुरु भएको जेसिज सप्ताह अन्तरगत भएका कार्यक्रमहरूको बारेमा जानकारी गराउँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन।
कार्यक्रममा बुटवल लेडि जेसिजका संस्थापक अध्यक्ष रेखा शर्मा कट्टेल, जेसिज नेपाल एरिया घ का तालिम आयुक्त राजन पौडेल, ग्यास बिक्रेता संघ रुपन्देही अध्यक्ष प्रदीप पन्त, बुटवल लेडि जेसिजका, महासचिव रुपा श्रेष्ठ पाठक,जेसिज सप्ताहका मूल संयोजक रुपा श्रेष्ठ,अपुर्वा खनाल, बसन्ता घिमिरे लगायतले बोलेका थिए।
कार्यक्रममा जेसिज सप्ताह अन्तरगतका कार्यक्रम संयोजक हरूलाई सम्मान समेत गरिएको थियो।
लेखकको सम्वन्धमा