चर्चामा

जेसिज नेपाल क्षेत्र घ को सम्मेलन आजदेखी,मुख्यमन्त्री चौधरीले उद्घाटन गर्दै

जेसिज नेपाल क्षेत्र घ को सम्मेलन आजदेखी,मुख्यमन्त्री चौधरीले उद्घाटन गर्दै
0 0
Read Time:2 Minute, 21 Second

बुटवल । जेसीआई नेपालको क्षेत्र घ सम्मेलन आज देखि शुरु हुँदै छ। आजदेखि रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्याण्ड होटलमा हुने सम्मेलनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोजक तिलोत्तमा जेसिजले बिहिवार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो।

Advertisement

सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिहरुको व्यवस्थापनदेखि उदघाटन समारोहको तयारीका काम सकिएको सम्मेलनको व्यवस्थापन गरिररहेको जेसीआई तिलोत्तमाका अध्यक्ष प्रकाश गौतमले जानकारी दिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लिबहादुर चौधरीले उदघाटन गर्ने सम्मेलनमा करिव एक हजार प्रतिनिधि सहभागी हुँदैछन् ।

उदघाटन समारोहमा एमाले पोलिटब्यूरो सदस्य एवं संघीय सांसद ठाकुर गैरे, काँग्रेस केन्द्रीय सदस्य एवं संघीय सांसद प्रदिप पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं संघीय सांसद मनिष झा वक्ताका रुपमा सहभागी हुने जेसीआई तिलोत्तमाका संस्थापक अध्यक्ष विनोद ढकालले बताए । सम्मेलन दुई दिनसम्म चल्ने छ ।

सम्मेलनले राष्ट्रिय महाधिवेशनका लागि क्षेत्रगत रुपमा एजेण्डा पारित गर्ने छ । हालसम्म भए गरेका कार्यक्रमको बारेमा पनि सम्मेलनमा छलफल हुने सम्मेलनका सभापति एवं क्षेत्र घ का निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जीवन कार्कीले बताए । राष्ट्रिय अध्यक्ष सिनेटर विकास मानन्धरको प्रकरण गोष्ठी (थिम सेमिनार), वक्तृत्वकला, उत्कृष्ट शाखालाई पुरस्कृत, विजनेश एण्ड वियोण्ड सम्बन्धी तालिमलगायतका कार्यक्रम पनि सम्मेलनका क्रममा हुने छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %