चुनावी बाचा पुरा गर्दै सांसद गिरि, प्युठान अस्पतालमा पुर्याइन ७ विशेषज्ञ चिकित्सक
बुटवल । लुम्बिनि प्रदेश सांसद निमा गिरिले आफ्ना चुनावी प्रतिबद्धता एव जनता सँग गरेका बाचा पूरा गर्दै आएकी छन्।गिरिको पहलमा प्युठान जिल्लामा विशेषज्ञ डाक्टर सहितको ७ जनाको टोली प्युठान अस्पतालमा पुगेका छन् ।
समय आन्तरिक द्वन्द्व किचलोमा फसेको प्युठान अस्पतालमा डाक्टर नबस्ने र सेवा प्रवाहमा समस्या भएकोमा अब सेवा प्रवाह प्रभावकारी रहने सांसद गिरिले बताइन ।
प्युठान पुग्ने समूहमा डा: कुमार विष्ट, महिला तथा स्त्री रोग विशेषज्ञ,डा:प्रज्ञा शाक्य, बाल रोग विशेषज्ञ ,डा:गोबिन्द रावत, छाती रोग विशेषज्ञ, डा:सुमन श्रेष्ठ, एनेस्थेसिया,डा: अमिर काफ्ले, मेडिकल अधिकृत ,डा: राजेन्द्र पौडेल ,हाड जोर्नी तथा नशा रोग विशेषज्ञ र डा: किरण पौडेल, अनेस्थेसिया असिस्टेन्ट लगायत रहेका छन्।
साथै उक्त कार्यमा पूर्ण सहयोग गर्ने प्रदेश स्वास्थ्य मन्त्री राजु खनाल र प्रदेश सचिव र सचिवालय टिम लगायतलाई धन्यवाद व्यक्त गरिन।
प्युठान अस्पताल सुधारमा हृदय देखि पहल गर्ने बाचा गरेकी निमा गिरिले बाचा पुरा गरेको भन्दै स्थानीयहरूमा खुसीयाली छाएको छ।
यो पनि पढ्नुहोस
जिल्ला अस्पताल प्युठानमा सासद गिरिको अनुगमन, समस्या समाधान गर्ने प्रतिबद्धता
लेखकको सम्वन्धमा