चर्चामा

हरियाली यातायात प्रालिको दोस्रो अधिवेशन सम्पन्न

हरियाली यातायात प्रालिको दोस्रो अधिवेशन सम्पन्न
0 0
Read Time:2 Minute, 54 Second

बुटवल । हरियाली यातायात प्रालिको पाचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ।शुक्रवार बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै साधारणसभा एव अधिवेशन सम्पन्न भएको हो।
अधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले पैदल रिक्साको कारणले धेरै ब्यक्तिलाइ समस्या भएकोले ईरिक्साको आगमनले धेरैको स्वास्थ्यमा राम्रो प्रभाव परेको बताए।

Advertisement

घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश वरिष्ठ उपाध्यक्ष गणेश अधिकारीले अधिवेशनले ब्यवसायीका समस्या समाधान गर्ने नेतृत्व आउने भन्दै शुभकामना ब्यक्त गरे। उनले ई रिक्सा ब्यवसायीका समस्या समाधानका लागि सहकार्य गर्न तयार रहेको बताए।

उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसिले बिगत ४ वर्ष यता प्राली संग संगै रहेको बताउदै अहिले सम्म आवश्यक समन्वय गर्दै आएको बताए।

उनले युवालाइ बिदेश पलायन हुन बाट रोक्ने हिम्मतका साथ स्वरोजगारमुलक ब्यवसाय गरेका ब्यक्तिहरुको सम्मान गर्नुपर्ने भएपनि इरिक्सा थप्दै लैजानु गलत हुने बताए।उनले बुटवलमा अहिले १४४० ईरिक्सा सञ्चालन गर्न मिल्ने भनेको सो अनुसार ब्यवस्थापनका कामहरु गर्दै आएको जानकारी दिए।

प्रालिका अध्यक्ष कृष्ण प्रसाद तिवारीले अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै अहिले सम्म भएका कामहरुको बारेमा बताएका थिए। उनले ई रिक्सा बुटवलमा आउँदाको अवस्थाको बारेमा बताउदै सदस्यहरुलाई विभिन्न अनुदानहरु प्रदान गर्दै आएको बताए।कोषाध्यक्ष यज्ञ प्रसाद गैरेले लेखा प्रतिबेदन प्रस्तुत गर्दै आयब्ययको अवस्थाको बारेमा उल्लेख गरेका थिए।

कार्यक्रममा टेरा मोटर्सका सञ्चालक ज्ञान प्रसाद बस्याल,प्रालिका पूर्व सचीव गोपाल रिजाल लगायतले बोल्दै ई रिक्सा चालक एव ब्यवसायीलाई एक स्थानमा राखेर सिङ्गो टिम बनाएर काम गर्न आग्रह गरेका थिए।

अधिवेशनले नया नेतृत्व समेत चयन गर्नेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %