जेसिज नेपालको क्षेत्र घ सम्मेलनमा शैजुको कार्यपत्र
बुटवल । तिलोत्तमा जेसिजको आयोजनमा शुक्रवार र शनिबार तिलोत्तमामा भएको क्षेत्र घ मा नेपाल जेसिजका पूर्व अध्यक्ष अनुपमान सैजुले कार्यपत्र प्रस्तुत गरेका छन।
बुटवल जेसीजको पहिलो राष्ट्रिय अध्यक्ष तथा लुम्बिनी प्रदेशकै पहिलो अन्तराष्ट्रिय उपाध्यक्ष अनुप मान सैजुले नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलनमा नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष प्रकरण “As One: 1 Family, 1 Team, 1 Goal”बिषयमा कार्यपत्र प्रस्तुत गरेका हुन।
उनको कार्यपत्रमाथि नेकपा एमालेका नेता एव प्रतिनिधि सभा सदस्य ठाकुर गैरे, नेपाली काङ्ग्रेस नेता एव प्रतिनिधि सभा सदस्य प्रदीप पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टिका नेता मनिष झाले टिप्पणी गरेका थिए।
भदौ ८ र ९ गते भएको सम्मेलनको उद्धाट्न लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले गरेका थिए। सम्मेलनमा १ हजार बढि जेसिजको सहभागीता रहेको थियो।
नेपाल जेसीजबर्ष २०२३को ५० औ राष्ट्रिय महाधिवेसन बुटवल जेसीजको स्वर्ण महोत्सव सहित बुटवल जेसीजको आथिथ्यतामा बुटवल आउने पुस महिनामा हुने तयारी हुदै छ।
लेखकको सम्वन्धमा