एनएमबि बैंक देविनगर शाखाद्वारा वित्तीय साक्षरता प्रदान
बुटवल । एनएमबि बैंक देविनगर शाखाले वित्तीय साक्षरता कार्यक्रम सप्पन्न गरेको छ ।
बुटवल स्थित अक्सफोर्ड क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाइ वित्तीय साक्षरता प्रदान गरेको हो ।
बैंकका देविनगर शाखा प्रबन्धक निरज श्रेष्ठ, अप्रेसन इन्चार्ज शारदा न्यौपाने, कर्मचारी सोनु पोखरेल र सृष्टि वस्यालले सो वित्तीय साक्षरता कार्यक्रमको सहजीकरण गरेका थिए ।
उनीहरुले युवा उद्दमशिलता, पैसाको बचत, लगानी, परिचालन , आयआर्जनका वैकल्पिक अवसरहरु तथा बैंकको महत्त्व, दैनिक जीवनमा बैंकको प्रयोग, डिजिटल बैकिङ्ग, बैंकिङ्ग फ्रड र फ्रडबाट सुरक्षित रहने उपायहरु , एनएमबि स्मार्ट नारी बचत खाता, संसारभरबाट एनएमबि बैंकमा खोलिने भिडियो कल खाता, लुम्बिनी बचत खाता बारे जानकारी, शेयरकारोबार सम्बन्धि ज्ञान, सिस्टोमेटिक इन्भेस्टमेन्ट प्लान (एसआइपि) तथा एनएमबि बैंकले प्रदान गर्ने अन्य बैकिङ्ग सेवा सुबिधाको बारे अभिमुखिकरण गराएका थिए ।
कार्यक्रममा क्याम्पस प्रमुख मनोज मरासिनी र ब्यवस्थापन सन्काय स्नातक तह संयोजक बिष्णु बस्याल, रिसर्च कमिटी मेम्बर सन्तोष पौडेलले एनएमबि बैंकले बिबिएस चौथो बर्षमा अध्यनरत विद्यार्थी भाइबहिनीहरुलाइ वित्तीय साक्षरता जस्तो महत्त्वपूर्ण कार्यक्रम गरेकोमा आभार व्यक्त गर्नुभएको थियो।
वित्तीय साक्षरता कार्यक्रममा सहभागी विद्यार्थीहरुले बचत, लगानी, डिजिटल बैकिङ्ग, युवा उद्दमशिलताको सृजना, सन्चालन र सफलताबारे ब्यवहारिक ज्ञान सिकेको बताएका थिए ।
लेखकको सम्वन्धमा