भाईको स्वास्थ्यलाभको कामना गर्दै अस्पतालमा नै रक्षाबन्धन
बुटवल । रुपन्देहीको दक्षिणी क्षेत्रका बिमला र हरि (नाम परिवर्तन) दिदी भाइ हुन भाइ बिरामी भएर अस्पताल गएपछि दिदी बिमलाले र भाइ हरि ले लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवलमा रक्षाबन्धन (भाईलाई राखी बानिदिएर) मनाएका छन।
एक्कासि स्वास्थ्यमा समस्या आएपछि भाइ अस्पताल आएपनी भाईको दीर्घायुको कामना गर्दै दिदि बिमलाले राखी बाधिदिएका हुन।
इमर्जेन्सी अगाडि रहेको रुखको छेउमा बसेर राखी बाधेका उनिहरुले रुखलाई पवित्र स्थल मानेर त्यहा बसेर रक्षा बन्धन मनाएका हुन।
भाईको स्वास्थ्यको कामना गर्दै राखि बाधी रक्षा बन्धन अस्पतालमा मनाउन पाउँदा खुसी लागेको बताउदै आफ्नो दाजुभाइ बिरामी भएर अस्पताल जान नपरोस भन्न यो पर्व मनाउने भएपनि अस्पतालमा बसेर स्वास्थ्यलाभको कामना गर्न पाउँदा खुसी लागेको बताईन।
दिदिले राखी बाधेपछी भाई भावुक भएका थिए। दिदिभाईको नाम उनिहरुकै आग्रहमा गोप्य राखिएको छ।
उनीहरुले मनाएको रक्षा बन्धनको अस्पताल परिषरमा रहेका ब्यक्तिहरुले निकै प्रशम्सा गरेका थिए।
लेखकको सम्वन्धमा