नागरिकता विधेयकमाथि बुटवलमा छलफल
बुटवल । प्रतिनिधि र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयकमाथि बुटवलमा छलफल भएको छ ।
नेपाल कानुन समाज, नागरिक संवाद केन्द्र बुटवलमा भएको छलफलमा नागरिकता विधेयकको आवश्यकता तथा यसमा भएको व्यवस्थाको बारेमा छलफल गरिएको थियो ।
छलफलमा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य पुष्पा चौधरीले नागरिकता विधेयक हरेक समुदायका लागि निकै उपयोगी बनेको बताइन् । उनले प्रमाणीकरणको चरणमा रहेको यो विधेयक बादी समुदाय , एकल आमा, जन्मसिद्धका आधारमा पाएका नागरिकताका सन्तानलाई नागरिकता बनाउन सहज हुनेको लागि निकै उपयोगी रहेको बताउँदै छिट्टै प्रमाणीकरण हुनुपर्नेमा जोड दिइन् ।
नागरिक संवाद केन्द्र बुटवल प्रमुख हेमा न्यौपानेले पारित भएको नागरिकता विधेयकमा भएका व्यवस्था, संविधानमा रहेको नागरिकता सम्बन्धी ऐन सम्बन्धी व्यवस्था लगायतका बारेमा प्रस्तुतीकरण दिएकी थिइन् ।
कार्यक्रममा कानुन विषय अध्ययन गर्दै गरेका विद्यार्थी, कानुन समाजका कर्मचारी, प्रदेशसभा सदस्यसहितको उपस्थितिमा भएको हो । कानुन समाजले नियमित रुपमा कानुनी विषयमा छलफल तथा अन्तरक्रिया गर्दै आएको छ ।
लेखकको सम्वन्धमा