मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु
![मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु](https://satyadeepsandesh.com/wp-content/uploads/2022/08/acc.jpg)
Read Time:48 Second
बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तरगत बुटवल-१२ नायाँगाउँको सडक छेउमा एक युवा मृत अवस्थामा फेला परेका छन् ।
बुटवल-११ कालिकानगरका २८ वर्षीय संजय खत्री मोटरसाइकलसँगै दुर्घटनाग्रस्त अवस्थामा मँगलबार विहान मृत अवस्थामा भेटिएकाहुन् ।
सडक छेउमा लु ३६ प ४७४२ नम्बरको मोटरसाइकलसँगै खत्री मृत अवस्थामा भेटिएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
शवलाई थप अनुसन्धान तथा पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको छ ।
लेखकको सम्वन्धमा