चर्चामा

बुटवलको अलपत्र सडक : ३ दिनभित्र सडकको बेस तयार नगरे ठेक्का तोड्ने प्रक्रिया शुरु हुने

बुटवलको अलपत्र सडक :  ३ दिनभित्र सडकको बेस तयार नगरे ठेक्का तोड्ने प्रक्रिया शुरु हुने
0 0
Read Time:3 Minute, 54 Second

बुटवल । बुटवल बेलहिया ब्यापारिक मार्गको राजमार्ग चौराहा देखी गोलपार्क चिडियोखोला सम्मको सडक अलपत्र अवस्थामा रहेको छ । सो सडक निर्माण कम्पनीलाई पटक पटक तकेता गर्दासमेत काम नभएपछि सडक बिभाग र बुटवल उपमहानगरले पहल गरिरहेको छ ।
आयोजनाको बुटवल क्षेत्रमा विशेष अनुगमन समिति तथा सहजिकरण समिति निर्माण गरि कामलाई प्रभावकारी बनाउने प्रयास भईरहेको छ । समितिको बैठकले निर्माण व्यवसायीबाट ३ दिनभित्र सडकको बेस तयार गर्ने काम बिहीबारदेखि थाल्ने र ३ दिनभित्रमा बेस तयार नभई काम अघि नबढेमा सडक विभागलाई ठेक्क तोड्ने र वैकल्पिक व्यवस्था गर्ने गरी सडक निर्माण गर्न सिफारिश गर्ने निणर्य भएको विशेष अनुगमन तथा सहजीकरण समितिका संयोजक टेकराज पन्थीले जानकारी दिए।
बैठकले विद्युतका पोलहरु सबै समयमा नसारेकाले गाड्नुपर्ने स्थानमा २ दिनभित्रमा सम्बन्धित निर्माण व्यवसायीलाई गाड्न लगाउने र तत्काल गाड्न नसकिएको वा गाड्न नपर्ने पोलहरु एकीकृत गरी व्यवस्थि तगर्न विद्युत प्राधिकरणका कार्यालय प्रमुखलाई जिम्मेवारी तोक्ने निणर्य गरेको पन्थीले जानकारी दिए।
यस्तै, खानेपानी पाइपहरु व्यवस्थित गरी गाड्नुपर्ने वा नपर्ने यकिन गरी ३ दिनभित्र उचित व्यवस्थापनका लागि खानेपानी संस्थान कार्यालय प्रमुखलाई जिम्मेवारी तोक्ने निणर्य भएको विशेष अनुगमन तथा सहजीकरण समितिका संयोजक पन्थीले जानकारी दिए।
बैठकले नेपाल टेलिकमको ट्राफिक चोकमा भएको म्यानुअल चेम्बरलाई ७ दिनभित्र सबै कार्य सम्पन्न गर्ने व्यवस्थापनका लागि नेपाल टेलिकमको निर्देशनालयका निर्देशकलाई जिम्मेवारी तोक्ने निणर्य भएको जानकारी दिए।
बैठकमा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक झविन्द्र लाल उपाध्याय, दुरसञ्चार कार्यालय बुटवलका उपप्रबन्धक नेत्र नारायण खनाल र भगवान राम कलवार, बुटवल बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख दीपक कुमार झा, नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख सुरेश कुमार महतो, नेपाल खानेपानी संस्थान, बुटवलका विजय श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, निर्माण कम्पनी कञ्चनजंघा विरुवा जेभीका सुवित श्रेष्ठ, पेम्बा लामा र प्रविण मिश्रा, बुटवल ४ का अध्यक्ष नरिश्वर शर्मा, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियारलगायत सहभागी रहेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %

Advertisement