स्टोरी लेखन कार्यशाला बुटवलमा सुरु

स्टोरी लेखन कार्यशाला बुटवलमा सुरु
0 0
Read Time:2 Minute, 18 Second

बुटवल। संचारकर्मी महिलाका लागि लङफम स्टोरी लेखन कार्यशाला बुटवलमा शुरु भएको छ । लैगिक समानता र सामाजिक समावेशीकरणका विषयका समाचार लेखनलाई प्रभावकारी र उद्धेश्यमूलक बनाउन सोमबारदेखि कार्यशाला आयोजना गरिएको हो ।

Advertisement

सोमबारदेखि सुरु भएको कार्यशाला ३ दिनसम्म चल्नेछ । कार्यशालाको पहिलो दिन लैगिक समता, समानता र सामाजिक समावेशीकरण लगायतका विषयमा विषयगत समाचार तयार गरिएको थियो छ ।

जसमा प्रदेश र स्थानिय तहमा रहेका लैंगिक, सामाजिक, महिला, बालबालिका स्वास्थ्य लगायत विषयमा छलफल भएको थियो । कार्यशालामा बोल्दै संचारिका समुह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले समाचारलाई प्रभावकारी बनाउन खोज तथा अनुसन्धानमा ध्यान दिनुपर्ने बताइन् ।

उनले समाचारका स्रोत धेरै भए पनि विषयवस्तु पहिचान गर्न नसक्दा समाचारले सञ्चार माध्यममा प्राथमिकतामा पर्न नसकेको बताउदै समाचारलाई गुणस्तरिय र पठनयोग्य बनाउन अध्ययन जरुरी भएको रहेको जनाइन् ।

कार्यशालामा सहजीकरण गर्दै संचारिका समूह लुम्बिनीका उपाध्यक्ष रुपा गहतराजले महिलाका विषयलाई महिला र दलितका विषय दलितले मात्रै उठान गर्नुपर्छ भन्ने गलत मान्यताका कारण पनि सामाजिक विषयवस्तु ओझेलमा परेको बताइन् । उनले सबै क्षेत्रलाई सबैले आफनो विषय सम्झेर कलम चलाउन सके समाजले पत्याउने समाचर बन्न सक्ने बताइन् ।

कार्यशालमा रुपन्देही, नवलपरासी पश्चिम, पाल्पा र गुल्मीका १५ पत्रकार महिलाको सहभागिता रहेको छ । युएसएआइडी नागरीक समाज र सञ्चार कार्यक्रम अन्तरगत संचारिका समुह नेपालले कार्यशाला आयोजना गरेको हो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %