चर्चामा

नागरिकता विधेयक रोक्न प्रधानमन्त्री देउवा समक्ष ओलीको आग्रह

नागरिकता विधेयक रोक्न प्रधानमन्त्री देउवा समक्ष ओलीको आग्रह
0 0
Read Time:1 Minute, 17 Second

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक रोक्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

Advertisement

आज बिहान बालुवाटारमा भएको भेटवार्तामा ओलीले प्रधानमन्त्री देउवालाई राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक रोक्न आग्रह गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको भए पनि नागरिकता विधेयक प्रतिनिधिसभाबाट दोस्रोपटक पारित भइसकेको छ । अब राष्ट्रियसभाबाट पनि पारित गरेर प्रमाणीकरणका लागि पुन: राष्ट्रपतिसमक्ष पेस गर्ने सरकारको तयारी छ ।

सरकारले दुवै सदनबाट पास गरेर प्रमाणीकरणका लागि दोस्रोपटक पेस गरेको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली बिच भेटवार्ता, समसामयिक राजनीतिक विषयमा छलफल

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %