‘भूकम्पीय जोखिम कम गर्न सबैको सहकार्य आवश्यक’
बुटवल ।भूकम्पीय जोखिम कम गर्न सबैको सहकार्य आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन्।भूकम्प आफैले क्षति नगर्ने बताउँदै व्यक्तिले बनाएका संरचनाका कारणले जोखिम बढेको भन्दै यी निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिएका हुन।
बुटवलमा आयोजित भूकम्पीय जोखिम एवं प्रभाव सम्बन्धी कार्यशालामा बोल्दै लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले भूकम्पको जोखिम पश्चिम नेपालमा बढी रहेको भनिरहँदा पुर्व तयारी आवश्यक रहेकोमा जोड दिए। यस्ता कार्यक्रममार्फत जनतामा सचेतना बढ्ने भएको बताउँदै जोखिम कम गर्ने तयारीमा लाग्न आग्रह गरे। उनले लुम्बिनी प्रदेशका क्षेत्रहरू जोखिममा रहेको पाइएकोले प्रदेश सरकारले बिपदको क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव कोमल प्रसाद धमलाले भूकम्पको पूर्वानुमान गर्न नसकिने बताउँदै यसको जोखिम कम गर्ने क्षेत्रमा काम गर्नुपरेमा जोड दिए।
कार्यक्रममा बोल्दै भूकम्प विज्ञ दीपक चम्लागाईले भूकम्पीय बिपदको बारेमा बताउँदै लुम्बिनी प्रदेशको अवस्थाको बारेमा बताएका थिए। उनले पालिकाको विपद् प्रोफाइल,नेपालमा भूकम्प संयन्त्र, भूकम्पको जोखिम र जोखिम, भविष्यको भूकम्पको प्रभावको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै युनिसेफ भैरहवाका शंकर पौडेलले सहरी बिपद भूकम्पीय पूर्व तयारी (सुपर परियोजना)को बारेमा पृष्ठभूमि, क्षेत्र तथा सूचक सहितको कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रममा युएनवोमेनकि समा श्रेष्ठ, युनिसेफ भैरहवाका फिल्ड अफिसर रिद्धी शर्मा, युएनआरसिओका तेज माया डङोलले कार्यपत्र प्रस्तुत गरेका थिए।
यूएनडिपी, यूनिसेफ, यूएनवुमन,नेपाल रेडक्रस सोसाइटी, इयु ईकोको आर्थिक सहयोगमा विपद् पूर्व तयारी परियोजना: सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना अन्तर्गत प्रदेश स्तरमा भूकम्पीय घटनाको प्रभाव न्यूनीकरण सम्बन्धी क्षमता विकास कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयको समन्वय तथा युनिसेफ नेपालको सहयोगमा कार्यशाला आयोजना गरिएको मन्त्रालयका उपसचिव दामोदर भण्डारीले जानकारी दिए।
लेखकको सम्वन्धमा