पहुचयुक्त आघात व्यवस्थापन र मनोरामर्स तालिम
बुटवल।नेपाल अपाङ्ग महिला संघको आयोजना अपाङ्गता भएका महिला तथा सरोकारवालाका लागि पहुँचयुक्त आघात व्यवस्थापन र मनोपरामर्स सम्बन्धी ५ दिने तालिम बुटवलमा सुरु भएको छ ।
बुधबारबाट सुरुवात भएको तालिमको एक कार्यक्रमका विच बुटवल उपमहानगरपालिका उप प्रमुख सावित्रादेवी अर्यालले शुभारम्भ गरिन् ।
कार्यक्रमको सुरुवात गर्दै उप प्रमुख अर्यालले अपाङ्गता हुँदैमा कोही पनि कमजोर नहुने भन्दै उचित अवसर, शिक्षा र तालिम प्राप्त गरेमा अन्य व्याक्ति भन्दा पनि अझ बढि सक्षम हुन सक्ने बताईन । उनले यसकोलागि अपाङ्गता भएका समुदाय त्यसमा पनि महिला हरुको लागि अझ बढि संवेदनशिल हुनुपर्ने भन्दै यसमा स्थानीय तहले सहकार्य गर्ने समेत बताईन ।
कार्यक्रममा लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु, दाङ र अर्घाखाँची जिल्लाबाट प्रहरी कार्यालयमा कार्यरत महिला सेल प्रमुख, जनप्रतिनिधि, अपाङ्गता भएका व्याक्ति र सरोकारवालाहरुको सहभागीता रहेको छ । तालिमको सहजीकरण कञ्चन रावतले गरेकी छिन् । ग्रीन तारा नेपाल र युनाईटेड नेशन ट्रष्ट फण्डको सहयोगमा सञ्चालित तालिममा आघातको परिभाषा, चरण, आरमदायी मांसपेशी अभ्यास, श्रवासप्रश्व निर्देशित कल्पनाहरु, मनोवैज्ञानिक लक्षण, सञ्चार लगायतका विषयमा तालिम प्रदान गरिने अपाङ्गता महिला संघका केन्द्रीय अनुगमन प्रमुख दुर्गाकार्कीले जानकारी दिए ।
अपाङ्गता महिला संघ रुपन्देही का अध्यक्ष कल्पना ढकालले कार्यक्रम आयोजना बारेमा प्रकाश पार्दै अपाङ्गता सरोकारका विषयमा सबैजना संवेदशिलत हनुपर्ने बताईएकी थिईन ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
लेखकको सम्वन्धमा