चर्चामा

मृगौला तथा मुटु पिडीत सरोकार समाजद्धारा राहत वितरण

मृगौला तथा मुटु पिडीत सरोकार समाजद्धारा राहत वितरण
0 0
Read Time:1 Minute, 27 Second

बुटवल । मृगौला तथा मुटु पिडीत सरोकार समाजको आयोजनामा विभिन्न संघ संस्थाहरुको सहयोगमा संकलित भएको राहत वितरण गरिएको छ ।
आईतबार संस्थाले एक कार्यक्रमको आयोजना गरी मृगौला पिडीत तथा मुटु पिडीतहरु १ सय जनालाई राहत प्रदान गरेको हो ।
संस्थाका अध्यक्ष रमेश केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपला समाजका अध्यक्ष चिरन्जीवी नेपाल को को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
रेखा श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रम संयोजक सदस्यमा कृष्ण मल्ल रहेका थिए । संस्थाका कोेषाध्यक्ष चुरामणी बन्जाडेका अनुसार करिव २ लाख ५० हजार रुपैयाँ बराबरको राहत संकलन गरी वितरण गरिएको हो ।
साथै सोही कार्यक्रममा मृगौला तथा मुटु पिडीत सरोकार समाज का अध्यक्ष रमेश केसीका धर्मपन्ती स्वर्गीय रिमादेवी केसीको बार्षिक पुन्यतिथीका अवसरमा मृगौला पिडीत तथा मुटु पिडीत भएका २ सय व्याक्तिहरुलाई निःशुल्क भोजन गराएका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement