राधाकृष्ण अमर कीर्तन मन्दिरको ६४ औ साधारण सभा 

राधाकृष्ण अमर कीर्तन मन्दिरको ६४ औ साधारण सभा 
0 0
Read Time:3 Minute, 26 Second

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको राधाकृष्ण अमर कीर्तन मन्दिरको ६४ औ वार्षिक साधरणसभा सम्पन्न भएको छ। शनिवार मन्दिर परिसर राधाकृष्ण टोलमा साधारण सभा सम्पन्न भएको हो।
साधारण सभाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले धार्मिक स्थलहरू सामाजिक क्षेत्रमा पनि जोडिन आवश्यक रहेकोमा जोड दिएका छन्।उनले सामाजिक भावना सहितका धार्मिक स्थलहरूले मुख्यतः शिक्षामा जोड्नुपर्ने बताउँदै यसको बारेमा सोच्न आग्रह गरे। 
नगरप्रमुख पाण्डेयले  धार्मिक महत्वका कुराहरूको बारेमा बुटवल निकै संवेदनशील रहेको बताए। उनले मन्दिर तथा अन्य विभिन्न धार्मिक स्थानमा जाने व्यक्तिहरूको सङ्ख्या बढाउँदै लैजानुपर्ने बताउँदै यसले अपराधी क्रियाकलाप घटाउने विश्वास रहेको बताए। 
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष हरि प्र श्रेष्ठले मन्दिरको वृद्धि विकासको लागि आफूहरूले पहल गर्दै आएको बताउँदै  सहकार्य गर्न तयार रहेको बताए।
कार्यक्रममा बोल्दै मन्दिरका अध्यक्ष अरुण कुमार श्रेष्ठ देशलाई हिन्दु राज्य बनाउनुपर्ने माग गर्दै गौहत्याको विरोध गरे। 
कार्यक्रममा राम नाम कीर्तन प्रमुख ज्ञानु अर्याल , सल्लाहकार निर्मल प्रसाद लाकौल , समाजसेवी महेश्वर प्रसाद श्रेष्ठ, समाजसेवी जीवन ओझा, लायन्स आँखा अस्पतालका अध्यक्ष रामेश्वर श्रेष्ठ, ब्रह्माकुमारी कमला दिदी, डा. कृष्ण बहादुर श्रेष्ठ लगायतले बोलेका थिए।
कार्यक्रममा मन्दिरका सचिव अमूल्य मान थैव र कोषाध्यक्ष पुष्पा श्रेष्ठले प्रतिवेदन प्रस्तुत गरेका थिए।

२०१२ सालमा प्रधुन्म अधिकारी हरे राम बाजेले स्थापना गरेको मन्दिरमा हरेक दिन बिहानमा पूजा पाठ र भजन, प्रत्येक एकादशीमा बिहान भजन, कृष्ण जन्माष्टमीमा पूजा, कार्तिकमा १ महिना सम्म गोवर्द्धन पूजा, मङ्सिरमा बिवाहा पञ्चमीको दिनमा होमन र कीर्तन, पुस २६ गरे हरे कृष्ण भजन लगायतका पूजा अर्चना गरेको मूल पुजारी कपिल अधिकारीले जानकारी दिए।

मन्दिरमा २०७९ वैशाख बाट निःशुल्क योग शिविर चलिरहेको कार्यक्रम संयोजक एव सहसचिव बबिता श्रेष्ठले जानकारी दिइन। उनले बिहान ५ देखि ७ बजे सम्म ५० जनाले निःशुल्क अभ्यास लिइरहेको बताइन। 

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement