बुटवल जेसीज र भारतको गोरखपुर मिड टाउन जेसीज बीच सिस्टर सिटि कार्यक्रम सप्पन्न
Read Time:1 Minute, 8 Second
बुटवल । बुटवल जेसीज र भारतको गोरखपुर मिड टाउन जेसीज बीच सिस्टर सिटि कार्यक्रम सप्पन्न भएको छ।
एक विशेष समारोहका दुइ जेसीज बिच भगनी सम्बन्धको नवीकरण गरिएको थियो ।
बुटवल जेसीजको तर्फबाट अध्यक्ष हरि बिक्रम कुवर र गोरखपुर मिडटाउन जेसीजको तर्फदेखि गौरव जालनले नवीकरण सम्झौतामा हस्ताक्षर गरि आदानप्रदान गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष चन्द्रमणी भुसाल, पुर्व अध्यक्ष बिन्ध्याकिशोर जोशी, कार्यकारिणी उपाध्यक्ष अर्जुन ज्ञवाली, महासचिव चन्द्रकान्त डुम्रे लगायतले दुइ जेसीजको माध्यमबाट नेपाल तथा भारतका युवाहरु बिच सदैव मैत्रीपूर्ण सम्बन्ध राख्न सफल भएको उल्लेख्य गर्नुभएको थियो ।
लेखकको सम्वन्धमा