२५ औं उपभोक्ता स्थापना दिवसमा अन्तरसंवाद कार्यक्रम
रुपन्देही । उपभोक्ता हित संरक्षण मंच लुम्बिनीले पश्चिऔं उपभोक्ता स्थापना दिवसको अवसरमा उपभोक्ताका अधिकार तथा मन्चले गरेका प्रयासहरुका बारेमा अन्तरसंवाद कार्यक्रम गरेको छ । शुक्रबार बुटवलमा २५ ओैं उपभोक्ता स्थापना दिवसका अवसरमा अन्तरसंवा गरिएको मन्चले जनाएको छ ।
कार्यक्रममा मन्चका प्रदेश अध्यक्ष तेजकुमार पाठकले पच्चीस वर्षको कार्यकालमा उपभोक्ताका अधिकारका पक्षमा गरिएका प्रयासहरुको बारेमा जानकारी गराएका थिए । उनले पछिल्लो समय उपभोक्ता आफै पनि धेरै विषयमा सचेत हुन थालेको तर केही उद्योगी व्यवसायीहरुले गरेका गलत क्रियाकलापले समस्या पारिरहेको बताए । उनले सबै उपभोक्ताका आफ्ना अधिकारका विषयमा जागरण ल्याउनुपर्ने बताउँदै सबैको समन्वयमा मात्रै सबै उपभोक्तालाई न्याय दिलाउन सकिने बताए ।
मन्चका केन्द्रीय सदस्य ऋषि आजादले केही उद्योगी व्यापारी र विचौलियाका कारण सर्वसाधारण उपभोक्ताका अधिकार हनन भएको बताउँदै उपभोक्ताको हितमा मन्चले अझै धेरै अभियानमुखी कामहरु गरिरहनुपर्ने बताए । उनले हरेक टोलटोलबाट सचेतना अभियान चलाउन सके र पालिकास्तरमा रहेका मन्चले स्थानीय सरकारसँग समन्वय गरेर काम गर्नसके अझै प्रभावकारी बनाउन सकिने जनाएका थिए ।
मन्चलाई सरकारी पक्ष तथा निजी क्षेत्रको पूर्ण साथ नहुने भएकाले स्वतहः सदस्यहरु क्रियाशील हुनुपर्ने अवस्था रहेको उनको भनाइ थियो । केही समयअघि मंचका केन्द्रीय अध्यक्ष ज्योती बानियाँलाई आमन्त्रण गरेर यस क्षेत्रका सबै सरोकारवाला पक्षलाई राखेर गरिएको कार्यक्रम निकै प्रभावकारी भएको समीक्षा कार्यक्रममा गरिएको थियो । कार्यक्रममा मन्चका बुटवल अध्यक्ष समुद्र जिसीले आफ्नो कार्यकालमा भएका कामहरुको विवरण पेस गरेका थिए ।
कार्यक्रममा उपभोक्ताकर्मी बुटवल उपमहानगरपालिका उपभोक्ता हित सँरक्षण मन्चका उपाध्यक्ष भक्तबहादुर कार्की, सहसचिव पुष्पा शर्मा, सदस्यहरु राजु लिगल, मोहन पाण्डे, वसन्ता गैरेलगायतले विचार राखेका थिए ।
कार्यक्रममा मन्चले फादर अफ कन्जुमर घोषणा गरेका पूर्वअध्यक्ष स्व. नर्बु लामाको सम्झना गरिएको थियो । कार्यक्रमको संचालन सचिव लिलाधर लुइँटेलले गरेका थिए । पहिले सीमित जिल्लामा रहेको मन्च अहिले केन्द्र, प्रदेश, जिल्ला र पालिकास्तरमा क्रियाहील हुन थालेको छ ।
लेखकको सम्वन्धमा