ईनरव्हिल बुटवलद्वारा तीज मिलन
Read Time:1 Minute, 3 Second
बुटवल । ईनरव्हिल क्लब अफ बुटवलले तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ। लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालको प्रमुख आतिथ्यता तथा क्लव अध्यक्ष ओमा प्रधानको अध्यक्षतामा कार्यक्रम सप्पन्न भएको हो।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले महिलाहरुको महान चाड हरितालिका तीजलाई सब्य र भव्य तरिकाले मनाउन आग्रह गर्दै शुभकामना दिइन।
इनरव्हिल क्लवकी अम्बिका लम्सालको सम्योजनमा भएको कार्यक्रममा स्वागत क्लव पूर्व अध्यक्ष मुना जोशिले गरेकी थिइन।
कार्यक्रम संयोजक लम्सालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन।
कार्यक्रम विश्व श्रेष्ठको सञ्चालनमा भएको थियो।
लेखकको सम्वन्धमा