‘महिला र बालबालिकाको अकाल मृत्यु रोक्न परिवार योजना अपरिहार्य’
बुटवल । महिला र बालबालिकाको अकालमा मृत्यु रोक्नका लागि परिवार योजना अपरिहार्य रहेकोले यसलाई प्रभावकारी बनाउनु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
नेपाल परिवार नियोजन सङ्घको आयोजनामा आयोजित परिवार योजना सेवा विषयक सरोकारवालासङ त्रिपक्षीय परामर्श तथा छलफल कार्यक्रममा बोल्ने वक्ताहरूले परिवार योजना प्रभावकारी नबन्दा धेरै बालबालिका र महिलाहरूको ज्यान गइरहेको बताएका हुन।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले पछिल्लो समय सचेतनाका कारणले महिला तथा बालबालिकाको स्वास्थ्यमा सुधार भइरहेको बताउँदै यसलाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन।
उनले लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै महिला र बालबालिकाको रक्षाको लागि पहल गरिरहेको बताइन।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका फोकल पर्सन कौशल भण्डारीले लुम्बिनी प्रदेश सरकार सँग रहेका सुविधा र स्वास्थ्य सम्बन्धी अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए।उनले महिला तथा बालबालिकाको सूचकाङ्कको अवस्थाको बारेमा पनि उल्लेख गरेका थिए।
नेपाल परिवार नियोजन सङ्घका अनुगमन एव मूल्याङ्कन संयोजक चेत राज जोशीले परिवार योजनामाथि लगानी गर्नुपर्ने कारणहरूको बारेमा बताउँदै यसको प्रभावकारिताको बारेमा बताएका थिए।
कार्यक्रममा नेपाल परिवार नियोजन सङ्घ रुपन्देही सभापति प्रदीप शाक्य, स्वास्थ्य निर्देशनालय लुम्बिनीका निमित्त निर्देशक राम जनक कुर्मी, जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन हिमाल खनाल, स्वास्थ्य तालिम केन्द्रका निर्देशक नारायण चौधरी, साहासी कदम नेपालका अध्यक्ष आनिक राना, रुपन्देही शाखा प्रमुख विष्णु गुरुङ,नेपाल परिवार नियोजन सङ्घ युवा संयोजक किरण तिवारी लगायतले बोलेका थिए।
लेखकको सम्वन्धमा