नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख रुपैयाँसहित कर अधिकृत पक्राउ
नेपालगञ्ज । प्रहरीले स्रोत नखुलेको २६ लाख रूपैयाँसहित नेपालगञ्ज विमानस्थलबाट सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुरमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेको प्रहरीले जानकारी दिएको छ ।
उनी नेपालगञ्जबाट काठमाडौं आउन खोज्दा विमानस्थलबाट पक्राउ परेका हुन् । उनी श्री एयरलाइन्सको जहाजमार्फत आज बिहान पौने ९ बजे काठमाडौं आउने तयारीमा थिए ।
उनलाई आज बिहान साढे ७ बजे विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । विमानस्थलमा चेकजाँचका क्रममा स्रोत नखुलेको २६ लाख रुपैयाँसहित सापकोटालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले कर अधिकृत सापकोटाको साथमा रहेका तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दीपक पौडेल भने फरार छन् ।
प्रहरीले उनलाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।
लेखकको सम्वन्धमा