लुम्बिनी एक्पो-२०८० को तयारी शुरु,एक्पोलाई परिमार्जनसहित आयोजना गर्ने प्रतिवद्धता

लुम्बिनी एक्पो-२०८० को तयारी शुरु,एक्पोलाई परिमार्जनसहित आयोजना गर्ने प्रतिवद्धता
0 0
Read Time:4 Minute, 19 Second

बुटवल । रुपन्देही व्यापार संघको आयोजनामा आगामी २०८० पुसमा बुटवलमा सञ्चालन गर्न लागिएको पाचौं लुम्बिनी एक्पो-२०८०, अन्तरािष्ट्रय व्यापार मेलाको तयारीको सिलसिलामा संघको कार्यसमिति र पूर्व अध्यक्षहरुसहितको गोष्ठि तथा अन्तरक्रिया कार्यक्रम पाल्पाको बसन्तपुरमा सोमवार सम्पन्न भएको छ ।

Advertisement

लुम्बिनी एक्पो-२०८० को आयोजनाको तयारीको सिलसिलामा राखिएको कार्यक्रममा परिर्वर्तित सन्दर्भमा एक्पोलाई दर्शक तथा उपभोक्ताहरुको चाहाना अनुसार परिमार्जन गरि भव्य रुपमा सम्पन्न गर्ने प्रतिवद्धता जनाइएको छ । कार्यक्रममा एक्पो मूल समितिका संयोजक तथा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले विषय प्रवेश गराउदै संघले हालसम्म गरेका तयारी तथा प्राथमिकता बिषयमा प्रकाश पार्नु हुँदै सबै क्षेत्रबाट सल्लाह र सुझावको अपेक्षा लिएको बताउनु भएको थियो ।

कार्यक्रममा संघका पूर्व अध्यक्षहरूले एक्पोमा प्रविधिलाई विशेष महत्व दिन सुझाव दिंदै स्वदेशी उत्पादन, गुणस्तरीय वस्तुको प्रर्दशन, सरसफाई, पार्किङ्ग, मनोरञ्जनलगायतका विषयमा सुक्ष्म रुपमा अध्ययन गरि प्राथमिकतामा राख्दै यस अगाडी भएका कामको निरन्तरतामा ध्यान दिन सुझाव दिनु भएको थियो । एक्पोलाई स्वदेशी उत्पादनसंग जोडेर नेपाली उपभोक्ताहरुको आवश्यक्ताको पहिचान गरि नया ढंगले दर्शक उपभोक्ताको मन जित्ने गरि आयोजना गर्नु पर्ने कुरामा उहाहरूको जोड थियो ।

उहाहरुले राजधानी बाहिर पहिलो पटक संघले अन्तराष्ट्रिय व्यापार मेला आयोजना गरेको अनुभव रहेकोले त्यसमा थप नयाँपन के दिन सकिन्छ त्यसको तयारीमा लाग्न आग्रह पनि गर्नु थियो ।

सो अवसरमा बोल्दै संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले आयोजना सफल बनाउने दायित्व सबै कार्यसमिति पदाधिकारी र सदस्यहरुको काधमा रहेको उल्लेख गर्दै जिम्मेवारीलाई इमानदारिताकासाथ पुरा गर्न आग्रह गर्नु भयो । उहाले संघले आयोजना गर्ने एक्पो सधै अब्बल र सफल हुने गरेको हुदा वर्तमान आर्थिक मन्दीको अवस्थामा उद्योगी व्यवसायीहरुमा उत्साहा प्रदान गर्ने लक्ष्यसहित आयोजना सम्पन्न गर्न सुझाव दिनु भयो ।

कार्यक्रममा संघका पूर्व अध्यक्षहरु शंकर भट्टराई, टंकप्रसाद पोखरेल, श्रीकृष्ण पोखरेल, मोतीलाल पाण्डे, पदमप्रसाद श्रेष्ठ, निर्वमान अध्यक्ष यमलाल लोहनी, संघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारी, प्रथम उपाध्यक्ष प्रकाश ढकाल, द्वितिय उपाध्यक्ष दिपक अधिकारी, कोषाध्यक्ष ऋषिराम पाण्डे, सहसचिव फर्सुराम पन्त, सहकोषाध्यक्ष मणी खनाल लगायत बोल्नु भएको थियो ।

संघका सबै सदस्यहरुले पनि सुझाव राखेको कार्यक्रममा एक्पो मूल आयोजक समितिका संयोजक एवं संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले कार्यक्रमबाट प्राप्त सुझावहरूलाई पूणर् रूपमा मनन गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । बैठकको सञ्चालन संघका महासचिव दयानीधि भण्डारीले गर्नु भएको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %