पुरस्कार तथा सम्मानसगै बुटवल जेसीजको स्वर्णजयन्ती सप्ताह समापन
बुटवल । बुटवल जेसीजले आफ्नो ५० औं स्थापना दिवस (स्वर्णजयन्ती) साप्ताहिक कार्यक्रमहरु समापन सगै पुरस्कार बितरण एवं सम्मान कार्यक्रम गरेर सम्पन्न गरेकोछ।
कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धरको प्रमुख आथित्यता रहेको थियोे ।
प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धरले बुटवल जेसीजले आफ्नो ५० औ स्थापना दिवसको स्वर्ण जयन्ती र नेपाल जेसीजको ५०औ राष्ट्रिय महाधिवेशन बुटवल जेसीजले आतिथ्यता गर्न गैइरहेको सुखद संयोगमा हार्दिक शुभकामना व्यक्त गर्दै जेसीजको गौरव बढाउन बुटवल जेसीजको अतुलनीय योगदान रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष जिवन कार्की, राष्ट्रिय उपाध्यक्ष भिम बहादुर कुवर, राष्ट्रिय उपाध्यक्ष गुरुदेव पौडेल, महासचिव अमिस ढकाल, नारायणगढ जेसीजका अध्यक्ष अमर घिमिरे लगायत विभिन्न शाखाका अध्यक्षहरुले शुभकामना व्यक्त गर्नुभएको थियो।
बुटवल जेसीजका अध्यक्ष हरि विक्रम कुवरले बुटवल जेसीज ५०औं बर्ष गरेको पुनित अवसरमा १४ वटा कार्यक्रम गरि स्वर्णजयन्ती सप्ताह समापन गरिएको जानकारी दिनुभयो। यो बर्ष भरी नै स्वर्ण जयन्ती मनाइने उहाले जानकारी दिनुभयो ।उहाले स्वर्णजयन्ती ऐतिहासिक र भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई हार्दिक आभार एवं धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
अगस्ट ३१ गते साझ दिप प्रज्वलन गरि शुरु गरिएको स्वर्णजयन्ती सप्ताह बुटवल जेसीज स्थापनाको दिन सेप्टेम्बर १ गते बिहान जेसीज पद यात्रा, अर्थमन्त्री डा प्रकाश शरण महतद्वारा जेसीज स्तम्भ शिलान्यास, स्वर्णजयन्ती सम्दुघाटन, पुर्व अध्यक्ष सम्मान, बुटवल जेसीज: हिजो, आज र भोलि विशेष अन्तरसम्बाद, चित्रकला प्रतियोगिता, वक्तुत्वकला प्रतियोगिता, बृक्षारोपण कार्यक्रम, ५० चादिका सिक्का अनावरण, जेसीज पद नामाकरण , जेसीजधारा हस्तान्तरण, रक्तदान कार्यक्रम, पत्रिकामार्फत बुटवल जेसीज बिशेशान्क प्रकाशन लगायत कार्यक्रम सप्पन्न भएको बुटवल जेसीजका कार्यकारिणी उपाध्यक्ष एवम् साप्ताहिक कार्यक्रमका मुल संयोजक अर्जुन ज्ञवालीले जानकारी दिनुभयो।
कार्यक्रम बुटवल जेसीजका अध्यक्ष हरि विक्रम कुवरको अध्यक्षता, स्वर्णजयन्ती समारोहका मुल संयोजक एवं पुर्व अध्यक्ष मनोज भट्टराईको स्वागत , ससचिव प्रकाश गैरेको आस्था पाठ र महासचिव चन्द्रकान्त डुम्रेको संचालनमा सम्पन्न भएको थियो ।
लेखकको सम्वन्धमा