खुद्रा ब्यवसायीद्वारा तीज मिलन
बुटवल । खुद्रा किराना व्यवसायी संघको आयोजना तथा देउराली उपभोक्ता सहकारी सस्थाको सह आयोजनमा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ।
महिलाहरूको महान चाड हरितालिकाको उपलक्ष्यमा तीज मिलन तथा दर खाने कार्यक्रम राखिएको खुद्रा किराना व्यवसायी संघका अध्यक्ष मोहन प्रसाद बस्यालले जानकारी दिए।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका १७ का अध्यक्ष ज्ञान बहादुर रेश्मीले परम्परागत रुपमा महिलाहरुले आफ्नो पीडा पोख्ने दिनको रुपमा तीजलाइ मनाइने गरिएको पनि पछिल्लो समय त्यस सोचमा निकै परिवर्तन भएको बताए। उनले महिलाहरुलाइ अधिकार प्रदान गर्ने कुरामा सबै एकमत हुनुपर्ने बताउदै पछिल्लो समय महिलाहरु धेरै अगाडि रहेको बताए। पूरानो मानसिकता चिर्दै स्वतन्त्र नागरिकको रुपमा जीवन बिताउन पाउन बहुदलीय ब्यवस्थाले निकै सहयोग गरेको उल्लेख गरे।
खुद्रा किराना व्यवसायी संघका सदस्यहरुद्वारा सञ्चालित देउराली उपभोक्ता सहकारीले ब्यवसायीहरुलाई सुपथ मुल्यमा सामान उपलब्ध गराउदै आएको संघका महासचिव गोपाल कुमार प्रधानले जानकारी दिए।
बुटवल १७ मा रहेको शिवनगर बस्ति दुर्गा टोल रानिगन्जमा आयोजित कार्यक्रममा स्थानीय विभिन्न टोलबिकास सस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि एव संघ र सहकारीका सदस्यहरु एव संघका क्षेत्रगत समितिका संयोजकहरुको सहभागीता रहेको कार्यक्रम संयोजक राधा भुसाल आचार्यले जानकारी दिइन।
२०६३ सालमा स्थापित संघमा १ हजार सदस्य छन भने ०७८ सालमा स्थापित सहकारीमा २१० सदस्य रहेको संघका सल्लाहकार कृष्ण पाण्डेले जानकारी दिए।
लेखकको सम्वन्धमा