लुम्बिनी मन्त्रीपरिषद पूर्णता : चौधरीले मन्त्रालय बढाउने सोच्दा काङ्ग्रेसले नबढाउन निर्देशन दियो

लुम्बिनी मन्त्रीपरिषद पूर्णता : चौधरीले मन्त्रालय बढाउने सोच्दा काङ्ग्रेसले नबढाउन निर्देशन दियो
0 0
Read Time:3 Minute, 33 Second

बुटवल । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा काङ्ग्रेस डिल्ली बहादुर चौधरीले मन्त्रीपरिषदलाई पूर्णता दिन सकेका छैनन।
मन्त्रालय थपेर भएपनि मन्त्रीपरिषदलाई पूर्णता दिने सोच बनाएका चौधरीलाई काङ्ग्रेस लुम्बिनी प्रदेश समितीले मन्त्रालय नथपी मन्त्रीपरिषदलाई पूर्णता दिन निर्देशन दिएको छ।
नेपाली काँग्रेसले लुम्बिनी प्रदेशले मन्त्रालय थप गर्दा आर्थिक भार थप हुनजाने र जनताको विचमा नकरात्मक असर पर्ने हुँदा भैरहेको मन्त्रालय नबढाई यथास्थितिमा सरकारलाई पुर्णता दिन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई निर्देशन दिएको हो।
कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको लुम्बिनी प्रदेश कार्यालय दाङमा बसेको बैठकले लुम्बिनी प्रदेशका जनताका जनजिविकालाई मध्यनजर गर्दै प्रभावकारी जनमुखी कार्यक्रम गर्न प्रदेश सरकारलाई चुस्त, दुरुस्त गर्न गठबन्धनमा आबद्ध दल र सबै राजनिति दलसंग समन्वय गर्दै संघियतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न संघिय सरकारलाई नेपालको संविधान अनुसार प्रदेश सरकारलाई अधिकार दिन अनुरोध पनि गरेको छ।
यस्तै बैठकले प्रदेश पोलिसी ह्याकथुन कार्यक्रम संचालन गर्ने निर्णय गरेको मुख्य सचिव मोहनराज शर्माले बताए ।
साना दलहरूलाई पहिलो चरणमा सरकारमा सहभागी गराएका मुख्यमन्त्री चौधरीलाई कांग्रेसभित्र दुई समूहको विवादले भागवण्डामा सकस परेको छ ।
अहिले ७ सदस्यीय प्रदेश सरकारमा कांग्रेसबाट मुख्यमन्त्री र एक मन्त्री संस्थापन समूहबाटै सहभागी छन् । माओवादीबाट एक जना मात्रै छन् । पूर्व सहमतिअनुसार नेपाली कांग्रेसले ४ र माओवादीले ३ मन्त्रालय पाउने भनिए पनि अहिलेसम्म रोकिएको छ । मन्त्रालय फुटाएर भागवण्डा मिलाउन मुख्यमन्त्रीले गृहकार्य थालेकोमा त्यो पनि रोकिएको छ ।
माओवादीले आफ्नो दलबाट ३ जना मन्त्री बन्नेको नाम पठाए पनि एक जना मात्रै मन्त्री बनेका छन् । माओवादीले पठाएका तीन मन्त्रीको नाममध्ये धनबहादुर मास्के सुरुमै मन्त्री बनेका छन् भने कृष्णा केसी र दीपेन्द्र पुन अहिलेसम्म मन्त्री बन्न पाएका छैनन् ।
सुरुमा पुनका विषयमा कांग्रेसले नै असहमति जनाएपछि रोकिएको थियो । पुनले निर्वाचनको बेला गठबन्धनको विरुद्ध कांग्रेस प्रदेश सभापति अमर पुनलाई हराएकाले उनलाई यही गठबन्धनले मन्त्री बनाउन नहुने तर्क कांग्रेसले गरेको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Advertisement