इन्टलेक्चुअल स्कूलका विद्यार्थीले गरे साढे २ किलोमीटर सरसफाइ

इन्टलेक्चुअल स्कूलका विद्यार्थीले गरे साढे २ किलोमीटर सरसफाइ
0 0
Read Time:1 Minute, 30 Second

बुटवल । बुटवल ११ कालिकानगरमा रहेको इन्टलेक्चुअल एकेडेमी स्कुलका  बिद्यार्थीहरुले सरसफाइ कार्यक्रम गरेका छन् ।

Advertisement

स्कुलमा गठित  इन्टलेक्च्युअल बाल क्लबको आयोजनामा गरिएको सरसफाइ कार्यक्रम  स्कुलको वरिपरि र योगिकुटिदेखी मझुवा स्थित  भुवनसिंह मार्गको डेढ किलोमिटर र पुर्व देवसिद्दनगरको एक किलोमिटर सडकमा सरसफाइ गरिएको थियो ।

वातावरणलाई स्वच्छ राख्नुपर्ने र डेङु नियन्त्रण गर्ने अभियान स्वरूप यो कार्यक्रम गरिएको बाल क्लबकी अध्यक्ष नेहा भारीले जानकारी दिइन।  

कक्षा ६  देखि कक्षा १० सम्मका विद्यार्थीहरू सहभागी  रहेको  कार्यक्रममा विद्यार्थीहरूले सडक वरपरका घरहरूका मानिसहरूलाई वातावरण प्रदूषित नगर्न र प्लास्टिक जन्य फोहोरहरूलाई जथाभाबी नफाल्न समेत अनुरोध गरेका थिए । 

स्कुलको बाल क्लबद्वारा  बिहीबार बिहान सञ्चालन गरिएको कार्यक्रम बाल दिवसका अवसरमा गरिएको  स्कुलका अतिरिक्त क्रियाकलाप संयोजक सुरज बि क ले जानकारी दिएको थिए ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %