चर्चामा

बुटवलमा सरसफाइको नयाँ कार्ययोजना बनाएर सार्वजनिक स्थलहरु नियमित सरसफाइ गरिने

बुटवलमा सरसफाइको नयाँ कार्ययोजना बनाएर सार्वजनिक स्थलहरु नियमित सरसफाइ गरिने
0 0
Read Time:2 Minute, 1 Second

बुटवल । बुटवल उपमहानगरपालिकाले सरसफाइ अभियान अन्तरगत शुक्रबार नयाँ बसपार्क सरसफाइ गरेको छ। साउनको दोश्रो हप्ता शुरु भएको अभियानको अन्तिम दिन भदौको अन्तिम शुक्रबार नयाँ बसपार्कमा सरसफाइ गरिएको हो।

Advertisement

मुख्य सडक सरसफाइ अभियान सकिएपनि मुख्य सडक र अन्य क्षेत्रहरु नियमित सरसफाइ गर्ने गरी नयाँ कार्ययोजना ल्याउने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो। हरेक शनिबार टोलटोलमा टोल विकास संस्थाहरुको अगुवाइमा अभियान सञ्चालन भइरहने र मुख्य सार्वजनिक स्थलहरुको सरसफाइका लागि थप व्यवस्था गर्ने उहाँले बताउनुभयो।

उहाँले नगरलाई सफा राख्नका लागि सबैले आफ्नो क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउँदै नगर सफा भएमा नगर र नगरबासीको इज्जत बढ्ने बताउनुभयो।

उहाँले सबै सामाजिक संस्थाहरुले बुटवललाई सफा र हरियाली बुटवल बनाउनका लागि साथ दिनुपर्ने बताउँदै सबैको सहयोगले मात्रै नगर सफा र सुन्दर बन्ने बताउनुभयो।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले नगरलाई सफा र हरियाली बनाउनका लागि घरदेखि नै कामको थालनी गर्नुपर्ने बताउनुभयो।

४५ दिने अभियान पूरा भएपनि अभियानका क्रममा रोपिएका विरुवाको रेखदेख, मरेका वा नास भएका विरुवाका ठाउँमा बिरुवा लगाउने र सफा गर्न बाँकी रहेका स्थानमा नगरका कर्मचारीले सफा गर्ने सरसफाइ शाखाका प्रमुख ठगिश्वर पोखरेलले जानकारी दिनुभयो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %