संघीयता पूर्ण कार्यान्वयनलाई ‘पूर्ण अधिकार’ दिनुपर्छ : मुख्यमन्त्री चौधरी
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीययताको पूर्ण कार्यान्वयनका लागि प्रदेश सरकार अधिकार सम्पन्न हुनु पर्ने बताएका छन।प्रदेश सरकार र स्थानीय सरकारले पूर्ण अधिकार नपाएको भन्दै तत्काल अधिकार सम्पन्न गराउन संघीय सरकारसंग आग्रह समेत गरे।
गाउँपालिका महासंघको आयोजनामा दाङको भालुवाङमा भएको स्थानीय सरकार र प्रदेश सरकारबीच प्रदेशस्तरीय परामर्श गोष्ठि कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री चौधरीले संघले अधिकार तल्लो तहमा नदिदा कार्य सम्पादनमा समस्या भइरहेको र त्यसको असर संघियताको कार्यान्वयनमा पुगेको बताए ।
सरकार रहेको तर अधिकारमा सम्पन्न सरकार नहुदा संघीयता समेत कार्यान्वयन नभएको उनको तर्क छ । अहिले संघीयतामा आलोचना बढीरहेको भन्दै त्यो अबस्था संघीय सरकारले ल्याएको बताए ।
मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले पाएको अधिकार समेत संघले दिन नखोज्दा संघीयता कार्यान्वयनमा जटिलता उत्पन्न हुने संकेत देखिएको बताए । ‘अहिले भएको संघीयताको विरोध संघ सरकारकै कारण भएको छ,’उनले भने, ‘संघीयता विफल भए पनि संघकै कारण हुदैछ ।’ संघले पूर्ण अधिकार प्रदेशलाई दियो भने मात्रै संघीयता कार्यान्यवन हुने र प्रदेश सरकारको औचित्य पनि पुष्टि हुने बताए ।
उनले स्थानीय र प्रदेश सरकारले साना योजना भन्दा पनि देखिने प्रभावकारी योजनाहरु निर्माण गर्नु पर्ने बताए । उनले सबै योजनाहरु आर्थिक समृद्धिसंग जोडेर जान सकेमा जनताको आयस्तर समेत बढेर जाने बताए ।
लेखकको सम्वन्धमा