चर्चामा

गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारद्वारा तीज विशेष कार्यक्रम सम्पन्न
0 0
Read Time:2 Minute, 22 Second

काठमाडौँ। गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ।

Advertisement

संघीय राजधानी काठमाडौंको कलंकीस्थित खाँडादेवी फुडल्याण्डमा शुक्रबार उक्त कार्यक्रम सम्पन्न गरेको हो। संस्थाका अध्यक्ष माधव शर्माको अध्यक्षता एवं वरिष्ठ गायिका देविका बन्दनाको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको कार्यक्रममा सामाजिक सेवामा समर्पित रहेका विभिन्न व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो।

गायिका बन्दनाले प्रतिष्ठान तथा मिलिजुली परिवारले समाजका लागि महत्वपूर्ण कार्यहरू गर्दै आएकोमा खुशी व्यक्त गर्दै समाजसेवालाई निरन्तरता दिन अनुरोध गरेकी छन्। संस्थाकी संरक्षक रारा सैंजु (रेखा) र वरिष्ठ सल्लाहकार अमृता भट्टराई विशेष आयोजक रहेकी थिइन्।

कार्यक्रममा नेपालको ईतिहास मा सुप्रीम डेपलपमेन्ट बैंक को पहिलो महिला सिईयो अम्बिका श्रेष्ठ लाई सम्मान गरिएको थियो र वहाले मिलिजुली परिवार को सामाजिक अभियान को लाई ५०००/- पनि सहयोग गर्नुभएको थियो,पत्रकार धनराज वास्तविक, डिस्ट्रिक चिफ लायन्स इन्टरनेशनल डिष्ट्रिक (३२५) एमका रिता खनाल, महिला उद्यमी कल्पना बस्नेत, नेपालको पहिलो एम्बुलेन्स महिला चालक मनिसा राई, दिपा शाही मिसेज नेपाल नेपाल-२०१४महिला उधमी ,नेपालको पहिलो रेस्लर मुना श्रेष्ठ र योग शिक्षिका खुशी पन्तज्यूलाई सम्मान गरिएको थियो र साथै मिलिजुली परिवार को सामाजिक अभियान को लाई पनि सहयोग सहभागिता सकृय सदस्यहरूलाई पनि सम्मान गरिंएको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %