पहिलो पाईला बुटवलद्वारा १ सय १० जना विद्यार्थीलाई भाग्यबोक्ने झोला बितरण
बुटवल । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ३ मा गरिब, असहाय तथा अति विपन्न विद्यार्थीलाई भाग्य बोक्ने झोला वितरण गरिएको छ ।
पहिलो पाइला नेपाल बुटवल शाखाले भूमिकास्थान नगरपालिका वडा नम्बर ३ मा रहेको सिद्धार्थ आधारभूत विद्यालय र शंकर जनसेवा आधारभूत विद्यालयमा अध्ययनरत १ सय १० जना गरिब, असहाय र अति विपन्न विद्यार्थीलाइ भाग्य बोक्ने झोला वितरण गरेको हो।
पहिलो पाईला नेपालकाे शिक्षा अभियान अन्तर्गत भाग्य बोक्ने झोला विद्यार्थीहरुलाई सिद्धार्थ आधारभूत विद्यालयको प्रांगणमा एक कार्यक्रमकाबीच गरेको हो ।
उक्त कार्यक्रम जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले विद्यार्थी लक्षित सामग्री प्रदान गरेको बताउदै गाउँमा बढ्दै गरेको बसाइँसराइ रोक्न सबै लाग्नु पर्ने बताए । सामुदायिक विद्यालयहरुमा खस्कँदै गरेको शिक्षाको गुणस्तर वृद्धि गर्न शिक्षक, अभिभावक, जन प्रतिनिधि तथा सबै सरोकारवालाहरु लाग्नु पर्ने बताए ।
कार्यक्रममा प्रत्येक विद्यार्थीलाई एक सेट झोला, एक दर्जन कापी, एक दर्जन पेन्सिल, तथा सरसफाइ सामग्री अन्तर्गत खाजा राख्ने टिफिन, पानी खाने बोतल, ब्रस, मन्जन, नेलकटर र रुमाल प्रदान गरिएको पहिलो पाइला नेपालका केन्द्रीय महासचिव विनोद महतले जानकारी दिए।
शैक्षिक सामग्री तथा सरसफाइ सामग्री प्राप्त गरेपछि आफूहरुलाई खुसी लागेकाे सिद्धार्थ आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत विद्यार्थी समीप नेपालीले बताए ।
शैक्षिक सामग्रीसहितकाे भाग्य बाेक्ने झाेला प्राप्त गरेका शंकर जनसेवा आधारभुत बिद्यालयमा कक्षा ५ मा अध्ययनरत विद्यार्थी करिश्मा बि.क.ले पहिलाे पाईला नेपाललाई धन्यवाद दिदै शैक्षिक सामग्रीकै अभावमा विद्यालयमा आएर अध्ययन गर्न नसकेका विद्यार्थीलाई यस्तो खालको सामग्रीले ठूलो सहयोग पुगेको बताईन।
अभिभावक श्याम नेपाललीले आफ्नाे मेहनतले आफ्ना बालबालिका बिद्यालय पठाएपनि कमजाेर आर्थिक अबस्थाले आफ्ना बालबालिकाले मागेकाे बखत शैक्षिक सामग्री प्रदान गर्न नसकेकाे अबस्थामा पहिलाे पाईला नेपालले बितरण गरेकाे आफ्ना वालबालिका तथा आफुलाई समेत सहज भएकाे तथा खुसी लागेकाे बताए।
कार्यक्रम बुटवल शाखाका शाखा अध्यक्ष बिनोद बस्यालको अध्यक्षता, उपाध्यक्ष सन्तोष बन्जाडेको स्वागत, सह-कोषाध्यक्ष नरेस न्यौपानेको स्वागत तथा कोषाध्यक्ष सन्तोस केसिको धन्यवाद ज्ञापन कार्यक्रममाथी प्रकाश प्रकाश पाेख्रेलले र सञ्चालन सचिव राजन अधिकारीले गरेका थिए।
कार्यक्रममा पहिलो पाइला नेपालका केन्द्रीय महासचिव विनोद महत, भूमिकास्थान नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष कृष्ण प्रसाद बन्जाडे, नगरपालिकाका शिक्षा शाखा प्रमुख तुपलाल सापकोटा, समाजसेवी बाबुराम बन्जाडे, अन्नपूर्ण माविका शिक्षक सुवास चन्द्र बन्जाडे, सिद्धार्थ आधारभूत विद्यालयका प्रधानाध्यापक खेमराज भाट, शंकर जनसेवा आधारभूत विद्यालयका प्रधानाध्यापक शालिकराम खनाल, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य, शिक्षक अभिभावक संघका बालकृष्ण पाण्डे लगायतले बोलेका थिए।
लेखकको सम्वन्धमा